धादिङका थप २३ जनामा कोरोना संक्रमण:४४ जना निको भए

धादिङ,२० साउन।
धादिङमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज जिल्लाको धुनिबेशीमा ९, गंगाजमुनामा ५,  त्रिपुरासुन्दरीमा ४, ज्वालामुखिमा २, नीलकण्ठ, गल्छि र गजुरिमा १/१ जना गरी जिल्लाका २३ जनामा कोरोना पोजिटिभ देखिएको छ।मंगलबार धादिङमा ३७ संक्रमित थपिएका थिए ।

यससँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या ८ हजार ५१४ पुगेको छ भने जिल्लाको सक्रिय केश ४५२ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।आज जिल्लाका ४४ संक्रमित  डिस्चार्ज भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ७ हजार ९१९ पुगेको छ।

संक्रमित मध्ये जिल्लाभित्र धादिङ अस्पतालको आइसोलेसनमा ४ जना र होम आइसोलेसनमा ४४८ जना रहेका छन्। यसैगरी जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ।

आज गजुरिमा १० स्वाब संकलन भएको छ भने जिल्लाभर ११० एन्टिजेन परिक्षण मध्ये २२ पोजिटिभ आएको छ।हाल जिल्लाका २८ जनाको पीसिआर नतिजा आउन बाँकी  रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्