कोरोना महामारीका बेला सुरक्षित रुपमा स्तनपान गराउने तरिका

धादिङ,२० साउन।
यदि स्तनपान गराइरहेकी आमामा कोभिड–१९ संक्रमण भएको शंका लागेको छ वा पुष्टि भएको छ भने जनस्वास्थ्यको मापदण्ड अपनाएर स्तनपानलाई निरन्तरता दिनु पर्दछ।

– शिशुको सम्पर्कमा आउनु अगाडि हरेक पटक आमाले साबुनपानीले कम्तीमा २० सेकेन्ड मिचिमिची हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजर प्रयोग गर्ने।

– आमाले स्तनपान गराउँदा वा शिशुको सम्पर्कमा आउँदा मास्क लगाउने

– आमाले खोक्दा वा हाच्छ्युँ गर्दा कपडा वा टिस्यु पेपरले नाक, मुख छोप्ने र तुरुन्त साबुनपानीले हात धुने र त्यसपश्चात स्तन धोएर मात्र शिशुलाई स्तनपान गराउने

– यदि स्तनपान गराइरहेकी आमाको अवस्था गम्भीर छ भने शिशुसँगको प्रत्यक्ष सम्पर्कबाट टाढा रहने र शिशुलाई स्तनपान नगराउने तर दूध निचोरेर सफा भाँडामा राखी चम्चा वा कपबाट खुवाउने।

– संक्रमित आमाको सम्पर्कमा आएको भुईं, सतह तथा सामानहरुलाई निसंक्रमण गर्ने र घर वरपरको वातावरण पनि सफा गर्ने।

– चिन्ता र तनावले दूध उत्पादन हुने प्रक्रियामा असर गर्ने हुनाले स्तनपान गराइरहेकी आमा चिन्ता र तनावरहित रहने। –स्वास्थ्यखबर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्