आज एकैदिन ४ हजार १०७ जनामा सङ्क्रमण पुष्टि,३५ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। आज देशभरका प्रयोगशालाबाट ११ हजार ३५४ जनाको पीसीआर गर्दा २९ सय ७५ जना र ४ हजार ९४४ जनाको एन्टिजेन परिक्षणमा ११ सय ३२ गरी कुल ४ हजार १०७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार मात्रै ३ हजार ३८३ संक्रमित थपिएका थिए । यो सँगै हालसम्म कोरोना संक्रमितको हुनेको संख्या ७ लाख ६९ हजार ९२२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १५ सय ३५ जना निको भएसँगै देशभर हालसम्म निको हुनेको सङ्ख्या ६ लाख ६१ हजार ६५१ पुगेको छ ।
सक्रिय केश ३३ हजार ४६४ रहेको छ भने कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९३ दशमलब ८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३५ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ।यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ९५७ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्