धादिङमा भेरोसेल खोपको दोस्रो मात्रा साउन २७ र २८ गते लगाईने

धादिङ,२० साउन।
धादिङमा भेरोसेल खोपको दोस्रो डोज साउनको २७ र २८ गते लगाईने  भएको छ।स्वास्थ्य कार्यालय धादिङका अनुसार सरकारले निर्धारण गरेको लक्षित समुहलाई साउन ४ र ५ गते कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई २७ र २८ गते दोस्रो डोज लगाईने छ। पहिलो डोज लगाएका ५५ वर्षदेखि माथिका नागरिकलाई २१ दिनपछि दोस्रो डोज दिन लागिएको हो। 

स्वास्थ्य कार्यालय धादिङले पूर्ववत सञ्चालन भएका कोभिड खोप केन्द्रहरुबाट खोप लगाउन जिल्लाका सबै खोप केन्द्रहरुलाई परिपत्र जारी गरेको छ ।यस्तै  खोप लगाउन आउने  व्यक्तिले भेरोसिलको पहिलो मात्रा लगाएको एकिन गरि दोस्रो मात्रा दिन र खोप लगाउने स्थानमा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह समेत गरेको छ। 

जिल्लामा ७६ हजार ४८० डोज कोरोना भाईरस विरुद्धको खोप आएकोमा हालसम्म ७३ हजार ७९३ जनाले लगाएका छन् भने २६ सय ८७ डोज खोप बाँकी रहेको छ । अहिले सम्म प्राप्त तीन किसिमका खोप जसमा ‘कोभिडशिल्ड’ को पहिलो डोज २२ हजार १३८ जनाले लगाएका छन् भने दोस्रो डोज ३ हजार ११३ जनाले लगाएका छन् । धादिङमा ‘कोभिडशिल्ड’ खोपको दोस्रो डोज लगाउन १८ हजार ९०५ जना बाँकी नै छन् ।

यस्तै चिनबाट आएको ‘भेरोसेल’ खोप २६ हजार ५५६ जनाले लगाएका छन् । ‘भेरोसेल’को दोस्रो डोज ४ हजार ६८४ जनाले मात्रै लगाएका छन् भने २१ हजार ८७२ जनाले दोस्रो डोज लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी अमेरिकाबाट प्राप्त ‘जोनसन एन्ड जोनसन’ को खोप धादिङमा १६ हजार ८६० जनाले लगाएका छन् । फाईल तस्विर

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्