कोभिशिल्ड लगाएका जेष्ठ नागरिकलाई साउन २५ देखी एस्ट्रेजेनकाको खोप दिईने

धादिङ,२२ साउन।
दोस्रो डोज लगाउन बाँकी जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन पाउने भएका छन् ।

फागुनको तेस्रो साता भारतको सेरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड नामक खोपको पहिलो डोज लगाएका ६५ वर्षमाथिका १३ लाख ३८ हजार भन्दा बढी जेष्ठ नागरिकलाई साउन २५ गतेदेखि दोस्रो डोज लगाईने स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताउनुभयो।

गौतमका  अनुसार भुटानले आज बिहान ३ लाख डोज खोप पठाइसकेको र जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित भएकाले एस्ट्रेजेनकाको खोप अभियान सुरु गर्न लागिएको हो।

जापानले दिने भनिएको खोप भोली र पर्सि दुई पटक गरेर आउँदैछ । साउन २५ गतेदेखि कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप दिइने उहाँले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्