धादिङबेशीमा मास्क अभियान जारी

धादिङ,२८साउन।
गत शनिबारदेखी देशैभर सुरुभएको मास्क अभियान अन्तर्गत आजपनि  धादिङबेशीमा मास्क वितरण गरिएको छ ।कोरोना संक्रमणको तेस्रो लहरबाट बच्नका लागि मास्क लगाउन सबैलाई प्रोत्साहित गर्ने उद्धेश्यले  स्वास्थ्य कार्यालय धादिङ,जिल्ला प्रहरी कार्यालय धादिङ र
सुआहाराले संयुक्त रुपमा कार्यक्रम गरेको हो । कार्यक्रमको अवसरमा बजारमा मास्क नलगाइ हिड्ने यात्रु, सवारी चालक तथा व्यापारीहरुलाई मास्क वितरणसँगै मास्कको सही तरिकाले प्रयोग गर्न सचेत गराईएको थियो।

साउन २३ देखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ देशभर मास्क अभियान सञ्चालन गरेको छ।देशैभर जनस्वास्थ्यका मापदण्ड उलंघन भएको र मास्क लगाउन पनि लापरबाही गरेका कारण स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्