आज सिंह सङ्क्रान्ति :यो महिना सिंहझैं गर्जिनुहोस्, सूर्यझैं चम्किनुहोस्

सूर्य भगवान राशी परिवर्तन गर्ने क्रममा कर्कट राशीबाट जब सिंह राशीमा प्रवेश गर्नुहुन्छ त्यसलाई सिंह सङ्क्रान्ति भनिन्छ। सरल भाषामा बुझ्नको लागि भाद्र १ गतेलाई सिंह सङ्क्रान्ति भनिन्छ। सूर्य भगवान जब कर्कट राशीलाई परित्याग गरी सिंह राशीमा प्रवेश गर्नुहुन्छ उहाँको तेज प्रभाव झन वृद्धि भई शक्तिशाली बन्नुहुन्छ। वनमा सिंह शक्तिशाली भए झैँ सूर्य भगवान पनि भाद्र महिनामा बढी शक्तिशाली बन्नुहुन्छ। सिंह सङ्क्रान्तिको दिन पवित्र नदिमा स्नानादि गर्नाले सम्पूर्ण पापहरू मेटिएर जान्छन्। यस दिन पवित्र नदिमा स्नानले तीन ताप ९आध्यात्मिक, आदिदैविक, आदिभौतिक० नाश भएर जानेछन्। यस दिन विशेषतस् भगवान विष्णु,भगवान सूर्य र नृसिंह भगवानको पूजा आरधना गरिन्छ।
सिंह सङ्क्रान्तिमा घ्यूको विशेष महत्त्व रहेको छ। यो सङ्क्रान्तिलाई घ्यूको सङ्क्रान्ति भनेर पनि चिनिने गरिएको छ। यस दिन गाईको घ्यू सेवन गर्नुपर्ने मुख्य मान्यता रहेको छ। जुन व्यक्ति यो जन्ममा यस दिनगाईको घ्यू सेवन गर्दैन त्यो अर्को जन्ममा लुलो, लङ्गडो भएर जन्म लिनेछ। यस दिन घ्यू सेवन गर्नाले शारिरीक स्फुरतीका साथै बिर्सने बिमारीबाट मुक्ति पाईनेछ। यस दिन घ्यूको सेवन गर्नाले राहु र केतु ग्रहको नकारात्मक प्रभावबाट बच्न सकिन्छ।
हिन्दू संस्कृति संस्कार अनुसार प्रथम दिनबाट क्रान्ति गरी महिनाभरि नै संघर्ष गरेर अगाडी बढाउन सिकाने दिन भएकले सिंह सङ्क्रान्ति भनिन्छ। सौर्यमण्डलको परिक्रमा अनुसार बाह्र राशीमध्ये सिंह राशीमा बृहस्पती र सूर्य प्रत्येक बाह्र वर्षमा पर्दछन् र त्यो दिन भाद्र महिनाको १ गते सिंह सङ्क्रान्ति पर्दछ। त्यही सिंह सङ्क्रान्तिको पुनित अवसरमा गोदवरीमा बाह्र वर्षे मेला लाग्दछ र त्यो एक महिनासम्म चल्दछ। यस महिनामा भगवान श्रीकृष्ण प्रार्दुभाव हुनुभएको हो। अन्य पर्वअनुसार पिताको मुख हेर्ने दिन, नारीहरूको महानपर्व हरितालिका तीज, देवादिदेव महादेवका सुुपुत्र गणेश र कुमारको प्रार्दुभाव एवं राधा अष्टमी यही महिनामा पर्दछ।

त्यति मात्र नभएर श्री सम्पत्तिकी देवी महालक्ष्मीको व्रतउपासना गरिन्छ। यस महिना विष्णु भगवानको पाँचौ अवतार वामन र सप्तऋषी प्रार्दुभाव भएको पवित्र महिना मानिन्छ। तसर्थ यस महिना भरी शुद्ध रही एक छाक खाएर सम्पूर्ण देवीदेवताको आरधना गर्नाले बैकुण्ठलोक प्राप्तहुने जन विश्वास रहेको छ।
अन्नपूर्ण पोस्टबाट साभार

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्