बागमती सरकारका प्रवक्तामा मन्त्री पाण्डे

बागमती प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मन्त्री केशवराज पाण्डेलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त पाण्डेलाई बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको हो । 

बैठकले कोभिडविरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन, अनुगमन तथा नियमन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पाण्डेले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्