बाँझो जमिन राख्न पाइदैन,त्यसको उपयोग गर्नुपर्छःकिसान आयोगका अध्यक्ष दंगाल

धादिङ,०७ भाद्र। 
राष्ट्रिय किसान आयोग तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष डा.प्रेम दंगालले बाँझो जमिन नराखी उत्पादनमा जोड दिन आग्रह गर्नुभएको छ।देशभर लगभग २०/२५ प्रतिशत बाँझो जमिन रहेको बताउदै दंगालले यसमा स्थानिय निकायहरुले ध्यान दिन जरुरी रहेको बताउनुभयो।

सोमबार अखिल नेपाल किसान महासंघ धादिङको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न धादिङ आईपुग्नु भएका राष्ट्रिय किसान आयोगका अध्यक्ष दंगालले सो कुरा बताउनुभएको हो।उहाँले कृषि क्षेत्र सरकारको एउटा महत्वपुर्ण जिम्मेवारी क्षेत्रभित्र परेको भन्दै बाँझो जमिनको उपयोग गर्नुपर्ने बताउनुभयो ।खेतियोग्य जमिनमा उद्योग तथा घर निर्माण नगरी खेति गर्ने व्यवस्थापन गर्न स्थानिय तहका सरकारहरुसंग आग्रह गर्नुभयो । 

सरकार किसान परिचयपत्र वितरणको चरणमा पुगेको बताउँदै दंगालले कृषिमा सरकारको लगानीको लागि प्राथमिकता नपरेको भन्दै किसान कृषि क्षेत्रमा उभिन सक्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।साथै किसानहरुको वर्गिकरण गर्नपनि सरकारसंग माग गरिएको बताउनुभयो । 

किसानहरु उत्पादन क्षति तथा बजार व्यवस्थापन व्यवधानमा परेका कारण समस्या भोगिरहेको अवस्थाबाट बचाउन कृषि विमाका लागि सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाई छ । सबै बिमामा ५० प्रतिशत झारेको हुनाले आम किसानहरुको गुनासो रहेको  भन्दै उहाँले ७५ प्रतिशत नै दिनुपर्ने सके त शतप्रतिशत प्रिमियम भुक्तानी गर्नुपर्ने बताउनुभएको थियो। 

सरकारलाई नितिगत रुपमा सघाउने आयोग समेत भएकोले कृषि ऐन, कानून र नीति बनाएर अघि बढ्ने बताउँदै दंगालले सरकारले उत्पादनमा आधारित अनुदान ल्याउन माग गर्नुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्