समृद्धिका लागि सबैको हातेमालो आवश्यक:डा.अधिकारी

धादिङ,०९ भाद्र।
बागमती प्रदेश सभाका सदस्य एवम पूर्व सामाजिक विकास राज्यमन्त्री डा.रामकुमार अधिकारीले समृद्धिका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभएको छ।अधिकारीले आर्थिक अनुशासन बिना देशको समृद्धि सम्भव नहुने भन्दै समृद्धिका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो।

बुधबार धादिङबेशी स्थित जिल्ला समन्वय समिति धादिङको पाँचौ जिल्ला सभा तथा आर्थिक बर्ष २०७७/७८ को बार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । उहाँले केपि ओली प्रधानमन्त्री भएको समयमा इतिहासले गौरब गर्न लायक कामहरु भएको समेत बताउनु भएको थियो।

पहिले नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर रहेको र केपि ओली प्रधानमन्त्री हुँदा विदेशीले हडपेर लगेको जमिन आफ्नो देशको भूभाग बनाई अहिले नेपालको क्षेत्रफल १ लाख ४७ हजार ६ सय ४१ दशमलब २८ वर्ग किलोमिटर कायम गरिएको डा.अधिकारीको भनाई थियो।कालापानी र लिम्पियाधुरा क्षेत्रलाई नेपालको प्रशासनिक नक्सामा समाबेश गरिएको लगाएत केपी शर्मा ओलीको पालामा विकास निर्माण, स्वास्थ्यक्षेत्र तथा अर्थतन्त्रको क्षेत्रमा धेरै काम गरेको उहाँको भनाइ थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्