धादिङ,नुवाकोट र काभ्रेका जिल्ला सभापतिले सुरु गरे रिले अनसन

धादिङ,०९ भाद्र।
नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट रिले अनसन शुरु गरेका छन् ।क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्ने माग गर्दै उनीहरुले आजबाट २४ घण्टे रिले अनसन शुरु गरेका हुन्।

आज पहिलो दिन तीन जिल्ला सभापति जसमा धादिङ जिल्ला सभापति रमेश धमला, नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह केसी र काभ्रेका मधु आचार्य रिले अनशनमा बसेका छन्।प्रत्येक दिन नयाँ तीन जिल्ला सभापति अनशनमा बस्ने नुवाकोटका जिल्ला सभापति केसीले जानकारी दिनुभयो । 

शीर्ष नेताहरुबिच विवादबारे समाधान भएको भनिएपनि पौडेल पक्षका जिल्ला सभापतिहरु अनसनमा बसेका हुन्।उहाँहरुले सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरुपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्न पनि माग गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्