धादिङको गंगाजमुना गाउँपालिकाले तिज गित प्रतियोगिता गर्ने

धादिङ,०९ भाद्र। 
धादिङको गंगाजमुना गाउँपालिकाले तिज गित प्रतियोगिता गर्ने भएको छ।हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा  भाद्र २० गते गाउँपालिका  कार्यालयको प्राङगणमा तिज गित प्रतियोगिता आयोजना गर्ने भएको हो।

 महिला हिंसा वा कोरोना भाईरस (कोभिड १९) सम्बन्धी विषयमा हुने प्रतियोगितामा सहभागि हुनको लागि ईच्छुक महिला दिदिबहिनीहरुले  भाद्र १८ गते भित्र टिम दर्ता गर्नुपर्ने गाउँपालिकाले जनाएको हो ।

प्रतियोगिता प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश २० हजार,  १५ हजार, १० हजार र ५ हजार पाउने गाउँपालिकाले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्