धादिङको सिद्धलेक गाउपालिको वार्षिक समिक्षा,विकासका क्षेत्रमा महत्वपुर्ण उपलब्धी हासिल भएको छ :सिलवाल

धादिङको सिद्धलेक गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। सोमबार गाउँपालिकाको कार्यालय बुङचुङमा भएको समिक्षा कार्यक्रममा आर्थिक बर्ष २०७७/०७८ मा गाउँपालिकाको निति कार्यक्रम,बजेट विवरण,आयोजनाको प्रगती, उपलब्धी, सिकाई र यस आर्थिक बर्षमा सन्चालन गरिने कार्यक्रमका विषयमा जानकारी गराईएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले गाउँपालिकाको विकास र अन्य बजेटका क्षेत्रहरुमा महत्वपुर्ण उपलब्धी हासिल भएको बताउनुभएको छ।उहाँले सबैको सहयोग पाएमा आफ्नो कार्यकालमा गाउँपालिकाको विकास र अन्य शिर्षकमा पनि महत्वपुर्ण उपलब्धी हासिल गर्ने बताउनुभयो। अध्यक्ष सिलवालले कर्मचारीहरुलाई आफ्नो कामप्रति दत्तचित्त भएर लाग्नको लागि निर्देशन दिनुभएको छ।आफु निर्वाचित भएपछि सिद्धलेकमा नागरिकहरुलाई स्थानीय सरकारको प्रत्याभुत हुने गरी काम गरेको बताउनुभयो।

यसैगरी कार्यक्रममा आफ्नो भनाई राख्दै उपाध्यक्ष कमला शर्माले गाउँपालिकालाई समृद्ध बनाउन आ–आफ्नो तहबाट हुने कुराको मनन् गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो।सिद्धलेकलाइं चुस्त दुरुस्त ढङ्गले सुशासन युक्त सिद्धलेक बनाउनको लागि गाउँपालिकाले ६८ वटा कानुन नियम बनाएर सुसासनको क्षेत्रमा पारदर्शी रुपमा नियम सँग चल्ने गाउँपालिका स्थापित गर्न सफल भएको बताउनुभयो।

आर्थिक वर्ष २०७७//०७८ मा गाउँपालिकाले खानेपानीको अभाव भएको ठाउँमा १० वटा डिपबोरिङको माभ्यमबाट खानेपानीको व्यवस्था, शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक डायरी र शैक्षिक क्यालेन्डरको व्यवस्था, स्वास्थ्य संस्थाहरुको विस्तारका साथै सबै स्वास्थ्य कार्यलय र वडा कार्यलयहरुको भवन निमार्ण सम्पन्न,भुकम्पबाट क्षति भएको विद्यालयहरुको पुननिमार्ण भइरहेको,जेष्ठ नागरीक स्वास्थ्य स्याहार कार्यक्रम, स्त्रि रोग विषेशज्ञ सहित स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो।

साथै आन्तरीक स्रोतको कमी,आम नागरीकको स्थानिय तह प्रति बढ्दो निर्भरता,फोहोर महिला व्यवस्थापन गर्न कठिनाई,डम्पिङ साइटको अभाव र दरबन्दी अनुसार कर्मचारी नहुनु गाउँपालिकाको प्रमुख समस्या भएको शर्माले बताउनुभयो।सिद्धलेक गाउँपालिकाले स्थानीय तहको संस्थागत क्षमता स्वमुल्यांकनको १०० पुर्णाङंको सूचकमा ७५.२५ अंक ल्याउन सफल भएको शर्माले बताउनुभयो।

समिक्षा कार्यक्रममा बोल्ने अतिथीहरुले गाउँपालिकाबाट प्रवाह हुने सेवामा विस्वसनीयता, पारदर्शिता र जवाफदेहितामा ध्यान दिएर सेवा प्रवाह गर्नको लागि जोड दिनुभएको थियो। कार्यक्रममा गाउँपालिकासँग समन्वय गरी कार्यक्रम, परियोजना संचालन गरिरहेका संघसंस्थाहरुले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 

गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत नन्नदलाल शर्मा, वडा नं १ का वडाअध्यक्ष चन्द्र प्रसाद सिलवाल, वडा नं २ का वडा अध्यक्ष कमल बहादुर गुरुङ,वडा नं ४ का वडाध्यक्ष रामहरी बराकोटी, वडा नं ६ का वडाअध्यक्ष टिका  प्रसाद थपलिया,वडा नम्बर ७ का वडा अध्यक्ष लक्ष्मण खतिवडा,कार्यपालिका सदस्यहरु, एमालेका प्रतिनिधि चेतनाथ सिलवाल, काँग्रेस सिद्धलेकका सभापति रामशरण गिरी, माओवादी सिद्धलेकका अध्यक्ष पुष्प थपलिया, राप्रपा सिद्धलेकका अध्यक्ष तुल बहादुर मगर, फोकस नेपाल, प्रयास नेपाल, एक्सन नेपालका प्रतिनिधि, गाउँपालिकाको विभिन्न शाखा प्रमुख एंव कर्मचारी लगाएतको सहभागिता रहेको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्