गर्भावस्थामा हुने खतराका संकेतलाई कसरी चिन्नेःयस्तो भन्नुहुन्छ,स्वास्थ्यकर्मी यम बहादुर श्रेष्ठ


गर्भावस्थामा स्याहार र परिवारको भुमिका– खानपान, आराम, कामको बाँडफाँड, स्वास्थ्य जाँचका विषयमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा स्वास्थ्य शाखा संयोजक यम बहादुर श्रेष्ठसँग अनिल नेपालीले गर्नुभएको कुराकानीको अस्मिता पोख्रेलद्धारा संपादित अंशः

१.गर्भावस्थाको स्याहार अर्थात गर्भवती स्याहारभित्र पर्ने मुख्य कुराहरु के–के हुन ?

गर्भावस्था अत्यन्त महत्वपुर्ण र सम्वेदनशील समय हो। गर्भावस्थाबाट एउटा गर्भवती महिला सकुसल रहन पनि सक्छ अथवा समस्या आएर नसोचेको घटनाक्रम व्यहोर्न पर्ने स्थिति पनि आउन सक्छ।

त्यस हुनाले यो अत्यन्त महत्वपुर्ण समय र संवेदनशील अवस्था हो। एउटा गर्भवती महिलाले खानुपर्ने खानपानका कुराहरु, कामका कुराहरु, आरामका कुराहरु र नियमित स्वास्थ्य परिक्षणका कुराहरु नै मुख्य रुपमा गर्भावस्थामा विषेश ध्यान दिनुपर्ने कुराहरु भित्र पर्दछन्। 

२.गर्भवती महिलाले के कस्ता पोषिला खानेकुरा कसरी मिलाएर खानुपर्छ ?

गर्भावस्था भनेको विषेश अवस्था भएकोले र अरुको अवस्था भन्दा अलि फरक अवस्था भएको हुनाले गर्भवस्था भनेको दुई ज्यु भएको अवस्था हो। अगाडि सामान्य तय एउटा ज्यानको लागि मात्र खाएको खाना र दुई वटा ज्यानको लागि खाएको खानेकुरा फरक हुनु स्वभाविक नै छ।

र अरु सामान्य अवस्थामा खाने खानेकुरा र गर्भवस्थामा खानेकुरामा फरक हुनुपर्छ। एउटा पौष्टिकताको रुपले हेर्दा अघिपछि खाने खानेकुराले एउटा शरीरको लागि जति उसलाई शक्ति चाहिने हो त्यो भन्दा बढि दुई ज्युको हुँदा चाहिन्छ । गर्भावस्थामा कुनै पनि गर्भवती महिलाले अगि पछि खाईरहेको खानेकुरा भन्दा शक्ति दिने खानेकुराहरुको मात्रा पनि बढाउ नै पर्ने हुन्छ । शक्ति दिने खानेकुरा भनेको कन्दमुल, अन्न लगाउतका खानेकुरा त्यस्मा जोडिन्छ।

हाम्रो शरीरको बृद्धि  विकासक लागि अरु थप खानेकुरा पनि आवश्यक पर्ने हुन्छ । गर्भवती महिलाको पेट भित्र रहेको बच्चाको राम्रो बृद्धि विकास हुनको लागि त्यो बेलामा थप अरु शक्ति दिने खाना सँगसँगै  बृद्धि विकासलाई सहयोग पु¥याउने खानेकुरा खान आवश्यक छ । गेडागुडीको मात्रा, माछा मासु, दुध तथा दुधजन्य उत्पादन जस्ता कुराहरुमा विषेश ध्यान दिनुपर्ने हुन्छ।

यस्ले मात्र पुग्दैन शरीरको रक्षा गर्ने खानेकुरा पनि चाहिन्छ। गाढा हरिया सगपात, पहेँला फलफुल लगायत तरकारी, फलफुलजन्य खानेकुराहरु पर्छन्। समग्रमा गर्भवती महिलाले खानेकुरा खाँदै गर्दा अघिपछि खाने सामान्य खानेकुरा भन्दा थप बढी खानुपर्छ। गर्भवस्थामा कम्तिमा एक पटक थप खानेकुरा खानुपर्छ । कति थप बढि  खाने भन्ने कुरा गर्भवती महिलाले गर्ने कामसँग सम्बन्ध राख्दछ्।

नागरिकको जिज्ञाशा
अमृता गरुङ,गंगाजमुना गा पा धादिङ:गर्भवस्थामा हिडडुल गर्न राम्रो होला की? आराम गर्ने गर्दा राम्रो होला ? 

गर्भवस्थामा आरामको खाँचो छ।आराम आवश्यक पर्छ तर केही पनि नगरी बस्ने भन्ने होइन। गर्भवस्थामा पनि सिमित शारीरीक व्यायामको, कसरतको आवश्यक पर्छ । आफना घरभित्रका हल्का कामहरु गर्नपर्ने हुन्छ। स्वास्थ्यको फाइदाको लागि केही सामान्य कामहरु गर्नै पर्छ गर्नुपर्ने काम छैन भने पनि शरीरको फुर्तिलो पना ल्याउनको लागि नियमित व्यायमका कुराहरु घर भित्रका काम देखि शरीरलाई हानी नपुग्ने किसिमका कामहरुमा सक्रियता राख्नुपर्छ।

त्यसो गर्दा शारीरीक मानसिक रुपमा सम्बन्धित गर्भवती महिला चुस्त दुरुस्त भइरहन सहयोग पुग्छ । उसको हरेक अङ्गहरुले सही ढङ्गले काम गर्न सहयोग पुग्छ। समग्रमा स्वास्थ्यलाई राम्रो हुन्छ। गर्भवस्थामा आराम गर्ने नाममा केही नगरी बस्ने भन्ने कुरा गलत हो । धेर्रै गरौँ काम गर्ने, ठुला ठुला भारी बोक्ने, लामो समयसम्म खटेर गर्नुपर्ने काम गर्दा स्वास्थ्यको लागि हानिकारक हुन्छ । तर सामान्य तय आफनो शरीरलाई आराम महसुस हुने किसिमले घरभित्रका कामहरु गर्दा राम्रो हुन्छ। 

ऋिशीराम पाण्डे, प्युठान : गर्भवती महिलाहरुले पेटमा पटुका बाधेर कस्छन्। पेट बाहिर देखाउन नचाहने गर्छन् । यसले पेट भित्रको बच्चालाई कस्तो असर गर्छ?यो गर्नु राम्रो कि नराम्रो ?  

गर्भावस्थामा पटुका बाध्ने, आफनो बढेको पेट अरुले नदेखोस् भन्ने आशयका साथ भित्रै दबाउन खोज्ने, जो जसले यस्तो व्यवहार गर्नुभएको छ यो एकदम गलत हुन्छ गर्न हुँदैन।किनभने गर्भवती महिलाको शरीर भित्र बढ्दै गएको  नयाँ जिवन त्यसलाई हामीले अपठ्यारो पर्ने गरी, संकुचित हुने गरी, आफुलाई खुल्ला रुपमा रहन नपाउने गरी, चल्न नपाउने गरी बाहिरबाट हामीले टाईट गरिदियो भने त्यस्को असर चौतर्फी नै पर्छ।

त्यसकारण भित्रको बच्चालाई समेत असर पर्ने गरी र आमा स्वएम आफुलाई पनि अप्ठेरो हुने गरी आफनो पेट ठुलो हुन्छ कि अथवा अरुले देख्छ कि भन्ने कुरालाई छाँयामा पार्नको लागि जबरजस्त पटुका कस्ने काम व्यवहारीक रुपमा पनि गलत हो र शारीरीक स्वास्थ्यको दृष्टिकोणले पनि गलत हुन्छ । कोही कसैले गरीराख्नु भएको छ भने अब नगर्नुहोला। आमा र पेट भित्रको बच्चाको स्वास्थ्यको लागि र प्राकृतिक रुपमा हुनुपर्ने बृद्धि विकासमा त्यसले बाधा पु¥याउँछ। 

३. कतिपय गर्भवती महिलालाई त खानेकुराहरु खान मन नपर्ने, वान्ता हुने हुन्छ नि ? यस्तो अवस्थामा के कस्ता खानेकुरा कसरी खाने ?

गर्भवस्थाको सुरुको महिनाहरु (३//४) महिनासम्म महिलाहरुलाई शारिरीक, मानसिक, भावनात्मक परिवर्तन कुराहरु देखिन्छन् । गर्भवती भइसकेपछि सुरुका दिनहरुमा वाक्वाकी लाग्ने, खानेकुरा खान मन नलाग्ने, आलश्य बढ्ने, शारिरीक कमजोरी महसुस हुने यस्ता खालका समस्याहरु अधिकांस महिलाहरुमा देखा पर्छन्।

त्यो बेलामा विषेश ध्यान दिन सकेन भने, त्यो बेलामा भएका कुराहरुमा जानकार हुन सकेन भने पक्कै पनि सम्बन्धित गर्भवती महिला शारिरीक रुपबाट कमजोर हुन जानसक्छ। खान मन लागेको हुँदैन, खाएका कुराहरु पनि  पनि वान्ता हुन्छ त्यस्तो बेलामा खानेकुरा विषेश ध्यान दिनुपर्ने हुन्छ।

जो महिलाहरु गर्भवती भएकौ कारण वाक्वाकी लागेको छ, खानेकुरा खान मन लागिरहेको छैन भने खानेकुरामा सुख्खा चिजलाई प्राथमिकतामा दिने, फलफुल जन्य खानेकुराहरु र जुसमा विषेश जोड दिने, चिल्लो कुराहरु कम खाने, झोलिलो कुराहरु विषेश खाने गर्दा समयस्यालई केही हदसम्म न्युनिकरण गर्न सकिन्छ। 

४.अनी, आफ्नो परिवारका गर्भवती महिलाको निम्ति पोषणयुक्त खानेकुरा उब्जाउने, जुटाउने, ल्याउने, बनाउने, खुवाउने कुरामा श्रीमान, सासु लगायत परिवारका सदस्य किन र कसरी लाग्नुपर्छ ? 

घरपरिवारका सदस्य श्रिमान, सासु, ससुरा अथवा घरमा भएका अन्य सदस्यहरु सबैको माया ममताको उहाँलाई खाँचो हुन्छ । भावनात्मक, व्यवहारीक रुपबाट गर्भवती महिलालाई अत्यन्त आवश्यक हुन्छ । उसको घरपरिवारका सदस्यले बुझन जरुरी छ। यदि आफनो घरपरिवारमा कोही सदस्या गर्भवती छिन् भने उसको स्याहार सुसार, खानपान, पोषणका कुरा, स्वास्थ्य परिक्षणका कुराहरु, कामका कुराहरु यो समग्र कुरामा घरको सदस्यले बुझनै पर्छ । 

५.सामान्य अवस्था गर्भवती महिलाले के कति पटक,कुन कुन महिनामा स्वास्थ्यजाँच गराउनुपर्छ? 

गर्भवती महिलाहरुले नियमित रुपमा स्वास्थ्य परिक्षण गर्नुपर्छ । महिला गर्भवती भइसकेपछि चौँथो महिनामा अनिवार्य पहिलो भेटको रुपमा सम्बन्धित स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परिक्षण गराउनु पर्ने हुन्छ । गर्भ रहेको छैँटौ महिनामा नियमित स्वास्थ्य परिक्षण गराउन पर्ने हुन्छ । त्यसैगरी गर्भ रहेको आठौँ महिनामा गएर तस्रो स्वास्थ्य परिक्षण गर्नुपर्ने हुन्छ  र गर्भको अन्तिम महिना नवौँ महिनामा गएर चौँथो भेट गराउनुपर्छ । कम्तिमा पनि ४ पटक अनिवार्य रुपमा गर्भवती महिलाले स्वास्थ्य परिक्षण गराउनु पर्छ।

अरु समयमा समस्या भयो, अपठ्यारो प¥यो भने जुनसुकै बेलामा गएर परिक्षण गराउनु पर्ने हुन्छ । कुनै खालका केही समस्या हुन लागिरहेका छ कि अथवा नियमित रुपमा हुनु पर्ने बृद्धि विकास आमाको पेट भित्र रहेको बच्चाको विकासका कुरा भइराखेका छ कि छैन? आमामा पनि केही समस्या छ कि ? भन्ने कुरा बेलैमा पहिचान गरेर आवश्यक उपचारको प्रबन्ध अथवा आवश्यक गन्तव्यमा पु¥याउनको लागि सहयोग पु¥याउँछ।

त्यहाँ परामर्श, पौष्टिक खानेकुरा, आईरन चक्की, जुकाको औषधी, खोप, फोलिक एसिड, क्याल्सियम यो समग्र विषयमा जानकारी लिने र आफुले उपभोग गर्ने विषयका कुराहरु परिक्षणको त्रममा थाहा हुन्छ ।त्यसकारण एउटा गर्भवती महिलाले सामान्य अवस्थामा कम्तिमा पनि चार पटक स्वाथ्य परिक्षण गर्नुपर्छ । 

६. खतराका लक्षणहरु देखिएको अवस्थामा के के हुन सक्छन् ? 

पहिलो कुरा गर्भवती महिलाको योनिबाट रगत बग्यो भने रगत बग्नु राम्रो कुरा होइन । दोस्रो कुरा गर्भवती महिलाको पेट असाध्य दुख्यो भने खतराका रुपमा लिन सक्छौँ । तेस्रो कुरा गर्भवती महिला बेहोस हुने, मुर्छा पर्ने यस्तो देखियो भने खतराका लक्षण भित्र पर्छन । दुई तीन दिनसम्म ज्वरो आउनु पनि खतराका लक्षण हो । 

७. यी कुरामा परिवारका सदस्यले कसरी ध्यान दिनुपर्दछ ? 

घर परिवारका सदस्यहरुले हरेक पल क्षणमा गर्भवती महिला प्रति सदभाव राखेर  सहयोग पु¥याउनु आवश्यक हुन्छ ।शरीरमा शक्ति दिने शरीरको बृद्धि विकास गर्ने र रक्षा गर्ने किसिमको खानेकुरा मिसिएका खानुकुरा खुवाउनको लागि परिवारको सदस्यले सहयोग गर्नु प¥यो ।

सबै कुरा घरमा नहुन सक्छ,आफनै करेसा बारीमा उत्पादन गर्न मिल्ने छ भने त्यहीँ उत्पादन गरेर होइन भने बाहिर बाट ल्याएर खुवाउनु पर्ने परिवारको दायित्व हुन्छ। सासुले पनि गर्भवती बुहारीलाई गारो काम गर्नुहुँदैन भनेर बुझनु प¥यो ।यस्ता कुराको सहजीकरणको लागि घरपरिवारको अत्यन्त ठूलो भुमिका हुन्छ ।यसो गर्नाले गर्भवती महिलाले राम्रो वातावरण पाउँछ र अगाडि बढ्न सक्छ । 

८.गर्भवती महिलाको हेरचाह र स्याहारको सवालमा गाउँघरमा हुनुभएका महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा स्वास्थ्य चौकीबाट के कस्तो सल्लाह सुझाब र सेवा ती गर्भवतीले पाउन सक्छिन् ?

अहिले प्रत्येक गाउँ टोल टोलमा महिला स्वास्थ्य स्वयमसेविका हुनु भएका कारण आफनो टोलमा कुन महिला गर्भवती छिन् अथवा भइन भन्ने कुरा महिला स्वास्थ्य स्वयमसेविकालाई थाहा हुन्छ ।यदि कोही महिला गर्भवती हुनुभयो भने महिला स्वास्थ्य स्वयमसेविकाका कहाँ गएर जोडिन सक्नुहुन्छ।महिला स्वास्थ्य स्वयमसेविकाले आफुले जाने बुझेका कुराहरु सिकाउनु हुन्छ।त्यसपछि स्वास्थ्य परिक्षणमा जानको लागि सिफारिस गर्नु हुन्छ। र स्वाथ्य चौकी गइसकेपछि त्यहाँबाट हुने विधिगत कुरा हुन्छ नै ।त्यहाँबाट पाउनु पर्ने सेवाहरु त्यो बेलामा अपनाउनु पर्ने व्यवहारका कुराहरुको बारेमा परामर्श  पाइन्छ।

गर्भवती महिलाले खानुपर्ने आईरन, फोलिक एसिड, क्याल्सियम, भ्याक्सिन  यो सबै कुरा स्वास्थ्य संस्थाबाट प्राप्त हुन्छ। स्वास्थ्य चौकीबाट मात्र होइन आईरन चक्की महिला स्वास्थ्य स्वयमसेविकाको लेवलबाट पनि गर्भवती महिलाले प्राप्त गर्न सक्नुहुन्छ त्यो वेवस्था मिलाइएको हुन्छ। स्वास्थ्य संस्थाले महिला स्वास्थ्य स्वयमसेविकालाई दिएको हुन्छ। आईरन चक्की अथवा हरेक कामको लागि स्वास्थ्य चौकी जानेकुरा पहुँचबाट टाढा, व्यवहारीक रुपमा कठिनाई पनि हुनसक्छ। त्यो कुराको सहजीकरणको लागि महिला स्वास्थ्य स्वएम सेविका मार्फत आईरन चक्की बाढ्ने कुराहरुको व्यवस्था मिलाइएको हुन्छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्