चारखाना समूह मध्ये पशुपंक्षीजन्य खानाको महत्व किन बढी छ?:यस्तो भन्नुहुन्छ,स्वास्थ्यकर्मी पुष्पा श्रेष्ठ

रेडियो कार्यक्रम भन्छिन आमामा(हजारदिने आमाको खानामा अण्डाको महत्व र यसका विविध परिकारका विषयमा नीलकण्ठ नगरपालिका–१२ स्थित साँङकोषमा रहेको आधारभुत स्वास्थ्य संस्थामा स्टाफ नर्सका रुपमा सेवारत अनमि पुष्पा श्रेष्ठसँग हजारदिने आमाको खानामा अण्डाको महत्व के छ र यसका विविध परिकारहरु के कसरी बनाएर खान अनि खुवाउने लगाएतका बिषयमा नागरिकहरुको प्रश्न एवं जिज्ञाशाहरुलाई लिएर अनिल नेपालीले गर्नुभएको कुराकानीको अस्मिता पोखरेलद्धारा संपादित अंशः

१.हजार दिने आमाभित्र को–को पर्छन र उनिहरुले के कस्ता खानेकुराहरु खानुपर्छ?

हजारदिने आमा भन्नाले गर्भ रहेदेखी बच्चा २ वर्षसम्म नपुगेका आमाहरु हजारदिने आमा भित्र पर्नुहुन्छ । हामीले गर्भावस्थामा साविक खाना भन्दा एक थप खाना बढि खानुपर्ने र बच्चा जन्मेपछि कम्तिमा २ पटक थप खाना खानु पर्नेछ । खानामा सम्पुर्ण पौष्टिक तत्व भरिपुर्ण भएको हुनुपर्छ। हरेकबार खाना चार भनेर भनिन्छ।

जुन हामीले चार प्रकारका महत्वपुर्ण समुहहरु राखेका छौँ। त्यसमा अन्न र अन्य जमिन मुनि फल्ने कन्दमुल, गेडागुडी, भिटामीन ए पाइने फलफुल तरकारी, पशुजन्य चिज दुधजन्य पदार्थ, माछा, मासु, अण्डा यी चार समुहलाई थोरै मात्रामा भएपनि मिलाएर खायो भने हजारदिने आमाको लागि राम्रो हुन्छ र यो खानेकुराहरु खानुपर्ने हुन्छ। 

२.हरेक बार चार समूहका खानेकुरा खानुपर्छ भन्दै गर्दा चार खाना समूह मध्येको पशुपंक्षीजन्य खानाको महत्व किन झनै बढी छ ?

चार समुह नै महत्वपुर्ण रहेको हुन्छ तर मानिसहरु पशुपंक्षीजन्य खानेकुराहरुलाई महत्व बढि दिन्छन् । पशुपंछीजन्य खानेकुरामा दुध, दुधजन्य परिकार, माछा, मासु, अण्डा पर्छन् । यिनिहरु प्रोटिनयुक्त खानेकुरा हुन् । प्रोटिन भनेको हाम्रो शरीरको बृद्धि विकासको लागि प्रयोग गर्छ। हामीलाई खाना पचाउनको लागि, शक्ति प्रदान गर्नको लागि, रगत जम्ने प्रक्रिया देखि लिएर मांसपेशी संकुचनसम्म प्रोटिनले काम गरीरहेको हुन्छ।

प्रोटिन एउटा हर्मोन पनि हो जुनले गर्दा सेल, अंगहरुमा संचारको रुपमा लिने, शरीर वनावटको लागि पनि प्रोटिनले सहयोग गरेको हुन्छ् त्यसकारणले गर्दा मानिसहरु पशुपंछीजन्य खानालाई महत्व दिन्छन् । पशुपंछीजन्य खाना मिठो पनि हुने  कारणले उनीहरुले बढि प्राथमिकता दिने गरेका छन् । 

३. पशुपंक्षीजन्य खाना अन्तर्गत पर्ने अण्डालाई किन विशेष पोषिलो खानेकुरा मानिन्छ ? एउटा सानो अण्डामा के–के पौष्टिक तत्व पाइन्छ?

पशुपंक्षीजन्य खानेकुरामा अण्डा एक सानो रुप भएपनि यसमा धेरै तत्वहरु मिलेर बनेको हुन्छ । यसमा पानी, प्रोटिन, फ्याट, मिनरल्स्मा पनि फोस्फोरस, क्याल्सियम जस्ता धेरै भिटामिन ए, डि, इ र  बि कम्पेल्कस बि १२ जस्ता धेरै तत्वहरु मिलेको हुन्छ।  यो बच्चा र आमा बढि पोषिलो मानिन्छ किनभने एम्युन एसिडले शरीरमा बृद्धि विकास गर्नको लागि सहयोग गरीरहेको हुन्छ।

शरीरमा रोगसँग लड्ने क्षमता पनि दिने र आमाहरुलाई उमेर बित्दै जादाँ आँखा नदेख्ने क्षमता कम हुने समस्यालाई पनि अण्डाले सहयोग गरीरहेको हुन्छ। फोस्फोरस र क्याल्सियम पनि अण्डामा समावेश हुनेभएको कारणले यसले स्वस्थ रुपमा उत्पादन गर्न सहयोग गरीरहेको हुन्छ। 

४. हजार दिने आमाले नियमित रुपमा अण्डा खाँदा आमा र बच्चालाई के कस्तो फाईदा पुग्छ ? र अण्डा किन नियमित खानुपर्छ ?

हजारदिने आमालाई अण्डा महत्वपुर्ण रहेको हुन्छ। यसमा धेरै मिनरल्स, प्रोटिन, फ्याट समावेश भएको हुन्छ जुन आमा र बच्चाको लागि एकदम महत्वपुर्ण रहेको हुन्छ।

बच्चा र आमाको लागि मानसिक बृद्धि, विकासको लागि सहयोग गर्ने भयो, रोगसँग लड्ने क्षमता दिने भयो, आँखा सम्बन्धि धेरै रोगहरु उमेर अनुसार भइरहेको हुन्छ त्यसलाई पनि हटाउन सक्ने, बच्चाको हाडजोर्निहरु बलियो बनाउन र स्वस्थ रुपमा उत्पादन गर्नको लागि अण्डाले धेरै महत्वपुर्ण भुमिका खेलेको हुन्छ त्यसकारण आमा र बच्चा दुबैलाई फाइदा जनक छ । 

५. अण्डा दैनिक रुपमा खाने हो ? अर्थात एक दिनमा हजार दिने आमाले कतिवटा अण्डा खानुपर्छ ? यसले के फाइदा गर्छ ?

अण्डा दैनिक रुपमा खान मिल्छ। हजारदिने आमाले बढिमा २ वटासम्म दैनिक रुपमा अण्डा खान सक्नुहुन्छ। अण्डा सानो देखिएपनि यसमा धेरै पोषण तत्वहरु मिसिएको हुन्छ। यो प्रोटिनयुक्त खानेकुरा हो यसले भिटामिन, मिनरल्स, प्रोटिन, फ्याट सबै समावेश गरेको हुनाले आमा र बच्चाको शरीरको लागि फाइदाजनक हुने भएका कारण यसको प्रयोग राम्रो गर्नुपर्छ । 

फोन सम्पर्क 
ऋशिराम पाण्डे,प्युठान :अण्डा काँचो खान हुदैन विभिन्न प्रकारका रोग लाग्छ भन्ने सुनिन्छ, अण्डा दिनमा कति वटासम्म खाने? कसरी खाँदा प्रभावकारी हुन्छ? 

काँचो अण्डा खाएमा मान्छेलाई फाईदा होइन कि बेफाइदा जनक हुनसक्छ। अण्डा एउटा पोषण तत्व हो जुन धेरै प्रोटिन पाउन सक्छौँ । यसको सही सदुपयोग अथवा चर्केको अण्डाहरु पनि प्रयोगमा नल्याउँ भन्छौँ । यसको इन्फेक्सन आमा र बच्चालाई हुनसक्छ त्यसकारण काँचो अण्डाहरु खानु हुँदैन।

अण्डा दैनिक रुपमा हजार दिने आमालाई बढिमा २ वटा दिन सक्छौँ । सही सदुपयोग गर्नु भयो भने यसको धेरै फाईदा छ । अण्डा उमालेर, उसिनेर मात्र होइन अन्य परिकार पनि बनाउन सक्छौँ । हामीले गाउँघरमा पाइने मकै, गहुँ, चामलको पिठोहरुमा मिसाएर रोटि बनाएर साथै चिउरासँग भुटेर पनि खान सक्छौँ। 

नानुका सिलवाल,धादिङ सिद्धलेक :अण्डाको भित्रि भाग बच्चालाई खुवाउन हुँदैन भन्ने धारणा अझै पनि कति आमाहरुमा छ,अण्डाको भित्रि भागमा विशेष के पाइन्छ अथवा बाहिरी भागमा के पाइन्छ खुवाउन हुने कि नहुने ? 

अण्डाको एउटा पहेँलो र अर्को सेतो भाग हुने भयो। धेरै अध्ययनहरुले पहेँलो भाग पनि खुवाउन हुन्छ भनेर भनिरहेका छन्। जुनमा प्रोटिन धेरै, फ्याट, कोलेस्टोरको मात्रा बढि हुने भनेको छ । बच्चामा अपच पनि हुनसक्ने होकी भन्नेकुराले बच्चालाई नदिउँ तर हजार दिने आमाहरुले प्रयोग गर्दा राम्रो हुन्छ। कुनै पनि अनुसन्धानले दिन नहुने भनेर भन्नु भएको छैन। 

६. अण्डा खाने बित्तिकै उसिनेर या अमलेट बनाएर खाने भन्ने हामी धेरैजसोको बुझाई छ । अण्डालाई अन्य खानेकुराहरु संग मिसाएर के–कस्ता फरक फरक परिकार बनाएर हजार दिने आमालाई खुवाउन सकिन्छ ? अण्डाका बिबिध परिकारहरुको बारेमा स्पष्ट पार्दिनुस् न ।

अण्डाको धेरै परिकार बनाउन सकिन्छ। हाम्रो गाउँ घरमा पाइने मकै, कोदो, फापर, जउँ, चामलको पिठोमा अण्डा मिसाएर रोटि बनाएर खान सकिन्छ। साथै चिउरा, भातसँग भुटेर, विभिन्न मौसमि तरकारीहरुसँग पनि मिसाएर खान सकिन्छ। घ्यु, तेलमा आलुसँग सुप बनाएर खान सकिन्छ। उसिनेर नै खानु पर्छ भन्ने छैन धेरै परिकार बनाएर खान सकिन्छ। 

७. यसरी, अण्डाका बिबिध फरक फरक परिकार बनाएर खुवाउनाले स्वादिलो पनि हुने अनी कतिपय गर्भवती सुत्केरी तथा हजार दिने आमाहरु, जसलाई अण्डा गन्हाउँछ भन्नुहुन्छ, फरक फरक परिकारमा अण्डा मिसाएर खुवाउँदा अण्डा गन्हायो भनेर नखाने समस्याबाट पनि मुक्ती पाइन्छ नि हैन ? यो उपायलाई अझ स्पष्ट पार्दिनुस् न ।

यदि अण्डा उसिनेर खादाँ गन्हाउँछ भने हामीसँग अरु धेरै माध्यमहरु पनि रहेका छन्। अरु प्रयोगबाट गर्न सकिन्छ। सुप देखि रोटिसम्म मिसाएर खान सकिने भयो। यदि आमालाई गन्हाउने मात्र नभइ अण्डाले कसैलाई एलर्जी पनि हुनसक्छ। राता विविराहरु आउँछ भने उहाँहरुलाई अण्डामा पाइने पोषण तत्वहरु अन्य खानेकुरामा पनि पाइन सक्ने भयो। जस्तै टुसा उम्रेका गेडागुडीहरु खान सक्नुहुन्छ। 

८.यसैगरी, हाम्रो समुदायमा कतिपय गलत धारणाहरु, जस्तै अण्डा खाँदा ग्यास्ट्रीक हुन्छ, कब्जीयत हुन्छ, गर्भको बच्चा ठूलोभएर जन्माउन गारो पर्छ वा गर्भवतीले अण्डा खाँदा बच्चालाई दादुरा आउँछ भन्नेजस्ता गलत धारणा बोकेर अण्डा नखाएको र नखुवाएको पनि पाइन्छ । यसलार्ई कसरी चिर्ने ?

 हामीले यो चलिआएको गलत धारणहरुलाई मान्नु हुदैन । अहिले धेरै मान्छे शिक्षित भएको कारणले इन्टरनेटको सहि सदुपयोग गर्न सक्नु हुन्छ। बच्चा जन्मने वित्तिकै शरीरमा सेतो भाग देखिन्छ भने त्यो अण्डा खाएर होइन। बच्चा समय पुग्नु भन्दा अगाडि जन्मियो भने त्यस्तो देखा पर्न सक्छ।

अण्डा खाएर कब्जिएत हुने होइन तर झन अण्डा खाएर हाम्रो पाचन प्रणालिमा सहज पुग्न सक्छ । जुन नराम्रो धारणाहरु छ कब्जिएत हुने र बच्चा ठूलो हुने त्यस्ता धारणाहरुलाई हामीले स्वीकार गर्नु हुँदैन। अण्डाको प्रयोगले सबैलाई फाइदा हुन्छ, अण्डाको प्रयोग गरेमा हजारदिने आमालाई राम्रो हुन्छ भनेर सबैलाई जनचेतना फैलाउन पर्छ। 

९.तपाईं हाम्रो जस्तो ठाउँमा हरेक दिन मासु खान संभव नहुनसक्छ, यो अवस्थामा बिकल्पको रुपमा अण्डा कत्तिको भरपर्दो पशुजन्य खानेकुरा हो ? घरायसी स्तरमै अण्डाको जोहो कसरी गर्न सकिएला ?

मासु सबैलाइ सम्भव नहोला तर अण्डा सम्भव हुनसक्छ। गर्भअवस्थामा रहे देखि कुखुरा पाल्ने सहि मात्रामा अण्डा उत्पादन गरी राख्न सकिने भयो । यदि अण्डा सम्भव छैन भने अथवा आमा शाहाकारी हुनुहुन्छ भने अण्डा खानुहुन्न भने उहाँहरुको लागि अण्डामा पाइने तत्वहरु अरु थोकमा खोज्न सकिन्छ। जस्तै टुसा आएका गेडागुडी, दालहरु जुनबाट प्रशस्त प्रोटिन पाउँछौँ त्यस्तो जोहो गर्न सकिने भयो। 
१०. गर्भवती, सुत्केरी र हजार दिने आमाले अण्डासंगै अन्य के–कस्ता खानेकुरा जोड दिनुपर्छ ?

हजारदिने आमालाई हरेकबार खाना चार भन्छौँ जसमा सात थरीका हुन्छ। जसमा अन्न र अन्य जमिन मुनि फल्ने कन्दमुल खानेकुरा, गेडागुडी, दलहन, तेलहन, भिटामिन ए पाइने फलफुल, तरकारी भयो।

पशुजन्यमा दुध र दुग्ध पदार्थ, माछा, मासु र अण्डाहरु पर्ने भयो। यी चार प्रकारका खानेकुरा सात प्रकार भने पनि चार समुहमा राखेको हन्छ । यी चार समुहहरु प्रत्येक खानामा मिसाएर खान सक्यौँ भने फाइदाजनक हुन्छ । हजारदिने आमालाई यी खानेकुरा थोरै मात्रामा भएपनि सम्पुर्ण खाना मिसाएर खानुपर्छ र यो खानाहरुमा जोड दिनुपर्छ। 

११.परीवारका सदस्यले कसरी जोहो गरीदिनुपर्छ ?  

परिवारमा हजारदिने आमा हुनुहुन्छ भने उहाँहरुको लागि परिवार मांसाहारी हुनुहुन्छ र आमा शाकाहारी अथवा परिवार शाकाहारी र आमा मांसाहारी हुनुहुन्छ भने त्यस्को लागि यदि आमाले पशुजन्य खानेकुरा खानुहुन्छ भने उहाँको लागि भनेपनि व्यवस्था गर्न सक्ने हुनुपर्यो। जब परिवारको साथ सहयोग हुन्छ तब हजारदिने आमाको स्वास्थ्यमा राम्रो हुने भयो। त्यसकारणले कसरी हुन्छ कस्तो व्यवस्था गर्न सके आमालाई सहयोग हुन्छ भन्ने हिसावले परिवारले जोहो गर्नुपर्ने हुन्छ। 

१२. अन्त्यमा, कतिपय परिवार, हामी त शाकाहारी भनेर अण्डा लगायत पशुजन्य खानेकुराहरु नचलाउने पनि पाइन्छ । यस्तो अवस्थामा, परिवारका अन्य सदस्यले अण्डा वा माछामासु नखाएपनि हजारदिने आमाको लागी कसरी ब्यबस्था वा जोहो गरिदिनसक्छन् ? र, यो गर्न किन जरुरी छ ? 

यदि आमा मांसाहारी हुनुहुन्छ भने उहाँलाई अण्डा देखि लिएर पशुपंछीजन्य खानेकुरा धेरै महत्व हुन्छ र यो जरुरत पनि छ । परिवारका सदस्य शाकाहारी हुनुहुन्छ भने आफुले नखाए पनि उहाँका लागि उपलब्ध गराउन पर्ने हुन्छ । यदि आमा शाकाहारी हुनुहुन्छ भने प्रोटिनयुक्त खानेकुराहरु दिन सकिन्छ।

परिवारमा मांसाहारी चल्दै चल्दैन भने शाकाहारी खाना पनि दिन सकिन्छ। जउँमा पनि हर्लिसमा पाइने पोषण तत्व पाइन्छ। अण्डाले बच्चाको मानसिक बृद्धि विकास गर्नको लागि, रोगसँग लड्ने क्षमता देखि लिएर बच्चाको हाडजोर्निहरु विकासको लागि टेवा पुर्याउँछ। त्यसकारण यस्को जरुरत छ र सकेसम्म आमाले खानुहुन्छ भने पशुजन्य खानेकुरा उपलब्ध गराउनु पर्छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्