मुआब्जा माग गर्दै ह्वासिन सिमेन्ट उद्योग प्रभावितहरु आन्दोलित

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ ताल्तीमा संचालनको तयारीमा रहेको ह्वासिन सिमेन्ट उद्योगसंग मुआब्जा माग गर्दै स्थानीय आन्दोलित भएका छन्।बेनिघाट रोराङ, गजुरी र सिद्धलेक गाउपालिकाका स्थानीयहरु सम्मिलित ह्वासिङ सिमेन्ट नारायणी प्रालि प्रभावित सरोकार समितिले  बिहिबार १५ बुदे माग राख्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ज्ञापनपत्र बुझाएका छन् ।उद्योगले सडक निर्माण गर्दा स्थानियबासिको जग्गा परेकोले जग्गाको मुआब्जा दिन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । 

मलेखु ताल्ती १० किलोमिटर सडक खन्ने काम गर्दा एक सय जना भन्दाबढीको जग्गा सडकमा परेकोले उद्योगले मुआब्जा दिनुपर्ने माग सरोकारवालाहरुको रहेको सरोकार समितिका संयोजक अनुप धरेलले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई बुझाईएको ज्ञापनपत्रमा १५ शुत्रीय माग समावेश गरिएको छ ।

स्थानीयबासीलाई रोजगारी दिनुपर्ने, सिमेन्ट उद्योगको रोयल्टी प्रभावित क्षेत्रमा खर्च गर्नुपर्ने, पर्यावरण संरक्षण हुनेगरि उद्योग संचालन गर्नुपर्ने, स्थानीय विद्यालय, मन्दिर, गौचरण, खेलमैदान लगायतका सार्वजनिक स्थानहरुको संरक्षण गर्नुपर्ने, उद्योगका कारण विस्थापित हुने परिवारलाई राहत र पुनस्थापना गर्नु पर्ने माग सरोकार समितिले राखेको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लम्सालले उद्योग र यसले बनाएको संरचना र सरकारले बनाएका नितिहरु हेरेर जनताको माग सम्बोधन गर्ने विषयमा काम गर्ने बताउनुभएको छ।तस्विर रेडियो धादिङ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्