ज्वालामुखीमा जारी फुटबलमा सालबास,मैदी र एकता सेमिफाईनलमा

ज्वालामुखी गाउँपालिका–७ धारापानीमा जारी आठौ धारापानी नाईन ए साईड फुटबल प्रतियोगितामा आज ४ वटा खेल सम्पन्न भएको छ।आज सम्पन्न पहिलो खेलमा सृजनसिल युवा क्लब र एनटिवाईसि बिच १–१ गोलको बराबरी पछि पेनाल्टी सुट आउटमा ४–२ गोलले एनटिवाईसि बिजयी भएको छ।

No description available.दोस्रो खेलमा सल्यानटारलाई मैदी युनाईटेडले २–० ले पाखा लगाउदै सेमिफाईनलको यात्रा पक्का गर्याे भने तेस्रो खेलमा मिरमिरे युवा क्लब र एकता फुटबल क्लब बिच १–१ गोलको बराबरी पछि एकता फुटबल क्लब पेनाल्टीमा ३–२ ले बिजयी भएको आयोजक लगनसिल युवा क्लवका  कृष्ण गिदेल मगरले जानकारी दिनुभयो। यस्तै आजको अन्तिम खेलमा मुरली भन्ज्याङ्गलाई सालबास युनाईटेडले ३–० ले पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको छ। भोली क्वाटरफाईनलका बाँकि १ खेल र सेमिफाईनलका २ खेलहरु हुनेछन् ।

No description available.

भोली हुने अन्तिम क्वाटरफाईनल तथा पहिलो खेलमा लगनशिल युवा क्लब र एनटिवाईसि भिड्नेछन् भने पहिलो सेमिफाईनल खेलमा सालबास युनाईटेड र मैदी युनाईटेड खेल्नेछन्।त्यसैगरि दोस्रो सेमिफाईनल खेलमा एकता फुटबल क्लबसंग आयोजक र एन टि वाई सि बिचको बिजेताले खेल्ने आयोजकले जनाएको छ ।

लगनसिल युवा क्लवको आयोजनामा असोज ३१ गतेबाट शुरु भएको उक्त फुटबल प्रतियोगितामा जिल्लाका १८ वटा क्लबको सहभागीता रहेको थियो।प्रतियोगिताको बिजेताले नगद रु १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र साथै उपबिजेताले नगद रु ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नुका साथै विभिन्न बिधाका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने आयोजकका कृष्ण गिदेल मगरले जानकारी दिनुभयो । प्रतियोगिताको फाईनल तथा समापन साथै पुरस्कार वितरण कार्यक्रम कार्तिक ६ गते  हुने भएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्