धादिङका थप दुईजनाको कोरोना पोजिटिभ,सक्रिय केश नौ 

धादिङमा आज २२ जनाको एण्टिजेन परिक्षण गरिएकोमा धुनिबेशीमा १ र धादिङ अस्पतालमा १ गरि २ जनाको कोरोना पोजिटिभ आएको छ।यस्तै पछिल्ले २४ घण्टामा दुई संक्रमित निको भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

यो सँगै हाल जिल्लामा सक्रिय संक्रमित नौ जना रहेका छन्।जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ४३ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ हजार ९८८ रहेको छ।यसैगरी संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।हाल संक्रमित मध्ये ९ जना नै होम आइसोलेसनमा रहेका छन्। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्