आज थपिए ७०८ संक्रमित,देशभर सक्रिय केश १० हजार ९४६

पछिल्लो २४ घण्टामा ७०८ कोरोना संक्रमित थपिदा ९३२ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ७ हजार २५३ जनाको पीसीआर गर्दा ५७४ जना र २१ सय २३ जनाको एन्टिजेन परिक्षणमा १३४ गरी ७०८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बिहीबार मात्रै ६६२ संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २ हजार २ पुगेको भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ८५ हजार ८१३ पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ९४६ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब २ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ११ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ३३७ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्