एमालेले आज देशभर वडा अधिवेशन गर्दै

नेकपा एमालेले आज देशभर वडा अधिवेशन गर्दैछ। देशभरका करिब ६ हजार सात सय ४३ वडाहरुमा एकैपटक पहिलो अधिवेशन हुन लागेको हो।अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा उद्घाटन र सम्बोधन गर्ने व्यवस्था मिलाइएको एमालेले जनाएको छ। देशभरका सम्भव भएसम्मका वडा अधिवेशनस्थललाई केन्द्रीय कार्यालयको ‘वार रुम’मा जोडेर ओलीले एकैपटक औपचारिक रुपमा अधिवेशनहरुको शुभारम्भ गर्ने व्यवस्था मिलाइएको हो।

सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सहमति नभएका ठाउँमा लोकतान्त्रिक विधिबाट निर्वाचन गर्न केन्द्रले सर्कुलर गरेको छ। अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहनेछन्। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्