एमालेको धादिङको आज १३ वटै पालिकामा अधिवेशन हुने 

बाढी पहिरो तथा डुबान प्रभावित बाहेकका क्षेत्रमा नेकपा एमालेको पालिका अधिवेशन आज हुँदैछ ।धादिङको २ नगरपालिका र ११ गाउँपालिका गरि १३ वटै पालिकामा आज अधिवेशन हुने एमाले धादिङले जनाएको छ।

अधिवेशनको आज एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे  केन्द्रीय कार्यालय, थापाथलीबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । 

बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा भने आज अधिवेशन हुने छैन । प्रभावित धेरैजसो जिल्लामा आउँदो १५ गते अधिवेशन गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । एमालेको वडा अधिवेशन पनि बाढी प्रभावित क्षेत्रमा रोकिएको छ ।

धेरैजसो जिल्लामा १२ गते वडा अधिवेशन गर्ने तयारी भएको छ । अन्य क्षेत्रमा भने गएको ६ गते नै वडा अधिवेशन भएको थियो  । एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्