बाढी पहिरो तथा डुबान प्रभावित बाहेकका क्षेत्रमा नेकपा एमालेको पालिका अधिवेशन आज हुँदैछ ।धादिङको २ नगरपालिका र ११ गाउँपालिका गरि १३ वटै पालिकामा आज अधिवेशन हुने एमाले धादिङले जनाएको छ।
अधिवेशनको आज एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे केन्द्रीय कार्यालय, थापाथलीबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा भने आज अधिवेशन हुने छैन । प्रभावित धेरैजसो जिल्लामा आउँदो १५ गते अधिवेशन गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । एमालेको वडा अधिवेशन पनि बाढी प्रभावित क्षेत्रमा रोकिएको छ ।
धेरैजसो जिल्लामा १२ गते वडा अधिवेशन गर्ने तयारी भएको छ । अन्य क्षेत्रमा भने गएको ६ गते नै वडा अधिवेशन भएको थियो । एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ।