देशभर चिसो बढ्दै

देशभर चिसो बढ्न थालेको छ ।न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले बिहान र बेलुका चिसो हुन थालेको छ ।अब चिसो झन् झन् बढ्दै जाने मौसमविद्ले बताएका छन् ।औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो।तर,बादल लागेको दिन भने तापक्रम स्थिर हुने र बढ्ने समेत हुन्छ ।

अहिले देशका धेरै ठाउँको मौसम बद्ली भएको छ।धादिङसहित देशका केही पहाडी क्षेत्रमा अहिले लागेको बादल केहीबेरमा हटेर दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।आज राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर केही ठाउँमा फाट्टफुट्ट रुपमा पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्