“प्रथम महाभिर चुली कप” फुटबल प्रतियोगिता कार्तिक १५ गते देखि

धादिङको नेत्रावती डबजोङ गाउँपालिका वठा नं ५ कटुन्जे बजारमा“प्रथम महाभिर चुली कप” फुटबल प्रतियोगिता हुने भएको छ। खेलाडी राष्ट्रको गहना, खेलाडी बचाउने हाम्रो दायित्व,भन्ने मुल नाराका साथ कटुन्जे बाराही युवा क्लबको आयोजनामा यही कार्तिक १५ गते देखि  कटुन्जे बजार खेलमैदानमा “प्रथम महाभिर चुली कप” गर्ने भएको हो।

उक्त प्रतियोगिताको प्रथम पुरस्कार नगद रु पचास हजार ५०५ रुपैँया, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार रु तिस हजार ३०३ रुपैँया सहित ट्रफी, मेडल र प्रमाणपत्र र तृतिय पुरस्कार रु दश हजार १०१ रुपैँया र ट्रफी, मेडल, प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।त्यसैगरि उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने आयोजकको तर्फबाट नारायण शाक्यले जानकारी दिनुभयो ।   

प्रतियोगितामा सहभागिताको लागि कार्तिक ५ गते देखि १५ गते सम्म टिम दर्ता गर्न सकिने र टिम दर्ता शुल्क रु पाँच हजार ५ रुपैँया कायम गरिएको आयोजले जानकारी दिएको छ। एक टिमबाट ७ जना खेलाडीले खेल्न पाउने तथा ३ जना बैकल्पिक खेलाडी रहने आयोजकले जनाएको छ ।

प्रतियोगिता कात्तिक १५ गतेबाट शुरु भई कात्तिक १८ गते लक्ष्मी पुजाको दिन फाईनल तथा पुरस्कार वितरण कार्यक्रम हुने शाक्यले बताउनुभयो।प्रतियोगितामा सहभागी हुन चाहने क्लबले खान र बस्नको ब्यबस्था आफै गर्नुपर्ने र टिम दर्ता तथा प्रतियोगिता सम्बन्धी थप जानकारी लिनु परेमा आयोजम समितिका निम्न ब्यक्तिहरुलाई सम्पर्क गर्न सकिने समेत आयोजकले जनाएको छ ।

नारायण कुमार शाक्यः९८४९९७७८७१
प्रदिप बज्राचार्य : ९८४३७५४८२१
अनिल मानन्धर :९८६९१०८११६
बिबेक मानन्धर :९८४९७८१६६८
पुर्ण कुमार मानन्धर : ९८४१६७९८२६
प्रतियोगिताको अनलाईन मिडिया पार्टनरहरुमा भिजन न्युज नेपाल– काठमाण्डौ, धादिङ संचार डटकम र मैनबत्ती डटकम–धादिङ तथा रेडियो पार्टनरमा निलकण्ठ एफ.एम.९८.५ मेगाहर्ज धादिङ रहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्