सिद्धलेक गाउँपालिकाको एमाले अध्यक्षमा कमला शर्मा(अधिकारी)निर्वाचित 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धलेक गाउँपालिकाको अध्यक्षमा कमला शर्मा(अधिकारी)निर्वाचित हुनुभएको छ।मंगलबार र बुधवार भएको नेकपा एमाले सिद्धलेक गाउँपालिकाको प्रथम पालिका अधिवेशनबाट शर्माको अध्यक्षतामा ७५ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ ।अधिबेशनमा ३ पदको लागि निर्वाचन भएको थियो।बुधवार भएको निर्वाचनमा कमला शर्माले १२२ मत पाउनुभएको थियो भने प्रतिष्पर्धी अर्जुन तिमल्सिनाले ६९ मत पाउनुभएको थियो। 

यस्तै उपाध्यक्षमा केशव सिलवाल(कमल),सचिब रामहरि बराकोटी, उपसचिवमा चेतनाथ सिलवाल र देब बहाादुर पुलामी निर्वाचित हुनु भएको छ।उपाध्यक्ष पदमा केशव सिलवाल(कमल)ले १११ मत पाउनुभएको थियो भने प्रतिष्पर्धी टिका थपलियाले ७७ मत पाउनुभएको थियो। उपसचिवमा देब बहाादुर पुलामीले १७२,चेतनाथ सिलवालले ११९ र बाबुकाजी श्रेष्ठले ७५ मत पाउनुभएको थियो।अधिबेशनमा २०७ जना प्रतिनिधि सहभागी भएका थिए।

धादिङको १३ पालिकामध्ये ८ पालिकामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व आएको छ।आठ पालिकामध्ये सात पालिकाको अध्यक्षमा पुरुष निर्वाचित छन् भने सिद्धलेक गाउँपालिकामा भने महिला नेतृत्व आएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्