एमाले धादिङको आठ पालिकामा नेतृत्व चयन,सिद्धलेकको नेतृत्वमा महिला(नामावली सहित)

नेकपा एमाले धादिङको जारी पालिका अधिवेशन अन्तर्गत जिल्लाको आठ स्थानीय तहमा नेतृत्वको टुङ्गो लागेको छ । जिल्लाको २ नगरपालिका र ११ गाउँपालिका गरि १३ पालिका मध्ये आठ वटा पालिकामा नयाँ नेतृत्व चयन भएका हुन।बाँकी पाँच पालिकामा केही दिनमा नयाँ नेतृत्व टुङगो लाग्ने एमाले धादिङले जनाएको छ।

अधिवेशनबाट नीलकण्ठ नगरपालिकाको अध्यक्षमा हरि बहादुर श्रेष्ठ, गजुरी गाउँपालिकाको अध्यक्षमा माधव भण्डारी, रुबिभ्याली गाउँपालिकाको अध्यक्षमा प्रेम बहादुर तामाङ, बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षमा रमेश कुमार भट्टराई, गङ्गाजमुना गाउँपालिकाको अध्यक्षमा भक्त बहादुर लामिछाने निर्वाचित हुनुभएको एमाले धादिङका प्रचार विभाग प्रमुख राधिका सापकोटाले जानकारी दिनुभयो।

त्यस्तै नेत्रावती डवजोङ गाउँपालिकाको अध्यक्षमा सुवर्ण रिमाल,खनियाबास गाउँपालिकाको अध्यक्षमा पन्थ तामाङ र सिद्धलेक गाउँपालिकाको अध्यक्ष कमला शर्मा(अधिकारी) निर्वाचित हुनु भएको सापकोटाले जानकारी दिनुभयो ।

८ स्थानीय तहमा अधिवेशन भएकोमा सिद्धलेक गाउँपालिकाको नेतृत्वमा कमला शर्मा(अधिकारी)एकमात्र महिला अध्यक्षका रुपमा चयन हुनुभएको छ। वडा तह र पालिका तहमा नै महिलाको उपस्थिति कम देखिएको छ।

धुनीवेशी नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकामा १३ गते अधिवेशन हुने भएको छ भने ज्वालामुखि गाउँपालिकामा १७ गते निर्वाचन कार्यक्रम रहेको छ।त्यस्तै थाक्रे गाउँपालिका र गल्छी गाउँपालिकामा २७ गते अधिवेशन हुने एमाले धादिङका प्रचार विभाग प्रमुख राधिका सापकोटाले जानकारी दिनुभयो। 

यी हुन नेकपा एमालेको पालिका अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु :

नीलकण्ठ नगरपालिका 

अध्यक्ष :हरीवहादुर श्रेष्ठ 
उपाध्यक्षःदयाराम लम्साल
सचिव :वेगवहादुर सुनार 
उप सचिव :यमकुमारी ईटनी 
उप सचिवःसुमित्रा गुरुड
सहित ७५ जना निर्विरोध निर्वाचित

गंगाजमुना गाउँपालिका 

अध्यक्ष :भक्त वहादुर लामिछाने 
उपाध्यक्ष : रामचन्द्र श्रेष्ठ 
सचिव :एन्जिला तामाङ
उप सचिव : जीतवहादुर सिंखडा 
उप सचिव : प्रेम घले 
सहित ७५ जना निर्विरोध निर्वाचित 

रुवीभ्याली गाउँपालिका 

अध्यक्ष :प्रेम तामाङ
उपाध्यक्षः नरमान तामाङ
सचिव :पुरन तामाङ
उप सचिव :विच तामाङ
उप सचिव :रविनामाया तामाङ
सहित ७५ जना निर्विरोध निर्वाचित  

नेत्रावती डवजोङ गाउँपालिका

अध्यक्ष :सुवर्ण रिमाल 
उपाध्यक्ष :उत्तम अधिकारी 
सचिव :तिल बहादुर गुरुङ
उप सचिव : पुर्ण माया तामाङ

खनियाबास गाउँपालिका 

अध्यक्ष : पन्थ तामाङ 
उपाध्यक्ष : खुपि कुमारि तामाङ 
सचिव :रविन तामाङ 
उपसचिव : सुदिप तामाङ 
उपसचिव : दिवस तामाङ

बेनिघाट रोराङ गाउँपालिका

अध्यक्ष :रमेश भट्राई 
उपाध्यक्ष : विष्णु थापा 
सचिव :भुवन त्रिपाठी 
उप सचिव :मन्दिरा श्रेष्ठ
उप सचिव :तुलाकुमारी आले मगर 
सहित ७५ जना निर्विरोध निर्वाचित

गजुरी गाउँपालिका 

अध्यक्ष : माधव भण्डारी 
उपाध्यक्ष :भगवती अधिकारी खतिवडा 
सचिव : वसन्त दुवाडी 
उपसचिव : कौसिला सिलवाल 
सहित ७५ जना निर्विरोध निर्वाचित

 सिद्धलेक गाउँपालिका

अध्यक्ष: कमला शर्मा(अधिकारी)
उपाध्यक्षः केशव सिलवाल(कमल)
सचिवःरामहरि बराकोटी
उपसचिवःचेतनाथ सिलवाल  
उपसचिवः देब बहाादुर पुलामी

नेकपा एमालेले बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्र बाहेकका जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।प्रभावित धेरैजसो जिल्लामा आउँदो १५ गते अधिवेशन गर्ने तयारी भएको जनाएको छ। एमालेको वडा अधिवेशन पनि बाढी प्रभावित क्षेत्रमा रोकिएको छ।धेरैजसो जिल्लामा १२ गते वडा अधिवेशन गर्ने तयारी भएको छ । अन्य क्षेत्रमा भने गएको ६ गते नै वडा अधिवेशन भएको थियो । एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्