मौसमी फ्लूका बिरामी बढे

बर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी पनि बडेको छ।पछिल्ला दिनमा उपचारका लागि अस्पताल आउने फ्लूका बिरामीको संख्यामा पनि वृद्धि भएको उपचारमा संलग्न चिकित्सकले बताउनुभएको छ।

दिनमा औषतमा एकसय जनाको दरले मौसमी खालका बिरामीहरु उपचारका लागि आफूकहाँ आउने गरेको त्रिवि शिक्षण अस्पतालका डाक्टर निरज बमले बताउनुभएको छ।

यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप बास्तोलाले पनि हिउँदयाम लागेसँगै मौसमी खालका बिरामीहरु बढेको बताउनुभएको छ।

अस्पतालमा आउने बिरामीहरुमा रुघा,खोकी,ज्वरो सँगै डेंगुका विरामी पनि आउने गरेका उहाँले सुनाउनुभयो।बर्षा सकिएसँगै पानी जमेका पोखरीमा लामखुट्टेले फुल पार्ने भएका कारण पनि अहिले डेंगु रोगको जोखिम रहेको बताउनुभयो । अस्पतालमा आउने सरदर विरामीहमा चार –पाँच जनाका दरले विरामीहरु बढेका बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्