पछिल्लो २४ घण्टामा ५९१ संक्रमित थपिदा ६६४ संक्रमित निको भए

पछिल्लो २४ घण्टामा थपिने संक्रमित भन्दा निको हुने बढि रहको छन् । आज एघार हजार ३५५ जनाको परिक्षणमा ५९१ संक्रमित थपिदा ६६४ संक्रमित निको भएका छन् । देशभरका प्रयोगशालाबाट ८ हजार ८४८ जनाको पीसीआर गर्दा ५२७ जना र २ हजार ५०७ जनाको एन्टिजेन परिक्षणमा ६४ गरी ५२७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बुधबार मात्रै ६७२ संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ५ हजार ७६७ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ८९ हजार ७८९ पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार २३६ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ३ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण २ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ३८२ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्