बाह्र जनाको परिक्षणमा धुनीबेशीका चार जनामा संक्रमण,तिन निको भए

धादिङमा आज बाह्र जनाको एण्टिजेन परिक्षण गरिएकोमा धुनीबेशी नगरपालिकाका चार्र जनाको कोरोना पोजिटिभ आएको छ।पछिल्लो २४ घण्टामा तिन संक्रमित डिस्चार्ज भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।यो सँगै हाल जिल्लामा सक्रिय संक्रमित १३ पुगेको छ ।बुधबार दुई संक्रमित थपिएका थिए।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ५३ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ हजार ९९४ रहेको छ।यसैगरी संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।हाल संक्रमित मध्ये १३ जना नै होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्