धादिङका दिपक सापकोटाको संयोजकत्वमा पिस फोर्सको बागमती प्रदेश कमिटि गठन

नेपाल परिवार दल निकट युवा संगठन  पिस फोर्सको बागमती प्रदेश संयोजकमा दिपक सापकोटा निर्वाचित हुनुभएको छ ।शनिवार काठमाण्डौमा भएको विशेष भेलाले धादिङ निवासी दिपक सापकोटालाई संयोजकमा निर्वाचित गरेको  हो । पिस फोर्सको उपाध्यक्षमाद्वय जयराम पौडेल र राजेन्द्र योञ्जन,सचिबमा राजिब अधिकारी,सह सचिबमा सुमन खड्का,कोषाध्यक्षमा सिर्जना अधिकारी र सह–कोषाध्यक्षमा सुर्य बहादुर राय निर्वाचिन हुनुभएको छ । 

No description available.

सामाजिक अभियानमा क्रियाशील संयोजक सापकोटा धादिङका युवाहरुमाझ लोकप्रिय हुनुहुन्छ ।गत निर्बाचनमा वाम गठबन्धन संग चुनाबी गठबन्धन  गरेको परिवार दलले आफुहरुलाई धोका दिएको भन्दै आक्रामक शैलीमा देशभरी संगठन बिस्तारमा जुटेको छ। केहि महिना भित्रै पिस फोर्सको उपस्थिति देशको सबै जिल्लामा हुने पिस फोर्सका राष्ट्रिय अध्यक्ष रबिन्द्र चौलागाइले  बताउनुभयो । ​

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्