बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२१ पुग्यो

काठमाडौं,१४ कात्तिक ।  
कात्तिक महिनाको आजसम्म बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२१ पुगेको छ । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारी अनुसार बाढीपहिरोमा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन् । कूल ४४ घाइते रहेका र १७९ घर क्षति पुगेको केन्द्रले जनाएको छ।
गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण यसरी मानवीय क्षति पुगेको हो। मनसुन बाहिरिएको एक हप्तापछि दुई प्रणाली विकास भई नेपालमा भारी वर्षा भएको थियो। वर्षाका कारण नेपालको पूर्व र पश्चिम क्षेत्र नराम्ररी प्रभावित भएको थियो। ठूला–ठूला पहिरोले मानवीय क्षति बढी गराएको हो ।
प्राप्त विवरणअनुसार सबैभन्दा बढी कात्तिक ३ गते ६३ जनाको मृत्यु र १९ जना बेपत्ता भएका थिए। कात्तिक ४ गते २९ जनाको मृत्यु भएको थियो भने कात्तिक ५ गते १३ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। हराइरहेका खोजी जारी रहेको र राहत तथा अस्याथी आश्रयस्थलको व्यवस्थापन जारी रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्