आज ४०८ संक्रमित थपिए,८ जनाको ज्यान गयो

पछिल्लो २४ घण्टामा ४०८ संक्रमित थपिदा ५१८ संक्रमित निको भएका छन् । देशभरका प्रयोगशालाबाट ५ हजार ७३१ जनाको पीसीआर गर्दा ३७६ जना र २ हजार १६८ जनाको एन्टिजेन परिक्षणमा ३२ गरी ४०८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शनिबार मात्रै ३७२ संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ४ हजार ९६ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ९१ हजार ७८७ पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ३७६ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ४ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ८ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ४०७ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्