पाँच जनाको परिक्षणमा थपिए दुई संक्रमित,सक्रिय संक्रमित १५ पुग्यो

धादिङमा आज पाँच जनाको एण्टिजेन परिक्षण गरिएकोमा ज्वालामुखीका  २ जनाको पोजिटिभ आएको छ। यो सँगै हाल जिल्लामा सक्रिय संक्रमित १५ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ५५ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ हजार ९९४ रहेको छ।यसैगरी संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।हाल संक्रमित मध्ये १५ जना नै होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्