धादिङको नेत्रावतीमा उदारणिय काम, जेष्ठ नागरिक स्याहार गर्नेलाई सम्मान

धादिङ । धादिङको नेत्रावती डबजोङ गाउपालिका वडा न ३ ले आज एक कार्यक्रमको आयोजना गरि उत्कृष्ट जेष्ठ नागरिक स्याहार सुसार गर्नेलाई सम्मान गरेको छ ।
आ.व. २०७७।७८ मा बिभिन्न बिधामा उल्लेखनिय योगदान तथा उत्कृष्टहुनेहरुलाई सम्मान गरिने कार्यक्रममा ९५ बर्ष माथीका जेष्ठ नागरिक स्याहार सुसार गर्ने उत्कृष्ट ब्यक्तीहरुलाई छनोट गरि सम्मान गरिएको हो ।
सम्मान हुनेमा नेत्रावती डबजोङ गाउपालिका वडा न ३ निवासी लिलामाया तामाङ,रानु तामाङ रहेकी छिन् ।
जेष्ठ नागरिकहरुलाई सेवा सुबिधा तथा बाबु आमा प्रति छोरा छोरीको माया ममता बढाउन सहयोग पुग्ने हेतुले यस किसिमको सम्मान कार्यक्रमको आयोजना गरिएको नेत्रावती डबजोङ गाउपालिका वडा न ३ का वडा अध्यक्ष बिजय तामाङ प्राख्रिनले बताउनुभयो ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको प्रमुख आतिथ्यतामा चौतारा मा.बिको प्राङ्गणमा भएको थियोे ।
सोहि अबसर पारेर वडाले सर्वोत्कृष्ट योजना निर्माण गर्ने उपभोक्ता समिति, कोभिड १९मा खटिएका सुरक्षाकर्मी समेत लाई सम्मान गरेको छ ।
कोभिड १९मा उत्कृष्ट खटिएका तत्कालिन सेमजोङ प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी हवलदार रामकाजी पौडेल, वडाका उत्कृष्ट कृषक बुक बहादुर तामाङ, पालिका भित्रका उत्कृष्ट उपभोक्ता समितिमा पर्न सफल तिखाढुङ बिचटोल सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र सिंह तामाङ र वडा न ३ भित्रका उत्कृष्ट सेमजोङ मरनघाट निर्माण उपभोक्ता समितिका अध्यक्ष काजिमान तामाङलाई आज प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
आज नै वडा न ३ का वडा अध्यक्ष बिजय कुमार पाख्रिनले कार्यक्रममा उपस्थित २८ जना जेष्ठ नागरिकहरुलाई स्वस्थकर हर्लिस र दोसल्ला ओढाएर सम्मान समेत गरेका छन् ।
कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष उर्मिला तामाङ, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख, ससस्त्र प्रहरीका प्रमुख, अनुसन्धानका प्रमुख, गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण पौडेल लगाएतको उपस्थिति रहेको थियो गाउपालिकाका स्वास्थ्य संयोजक तथा सुचना अधिकारी कृष्ण बहादुर पौडेलले बताउनु भयो ।
वडा अध्यक्ष बिजय कुमार तामाङको यस किसिमको सम्मान कार्यक्रम उदारणिय रहेकोले अरुले पनि अनुसरण गर्न लाएका भएको भन्दै वडा वासीहरुले खुसी हुंदै धन्याबाद दिएका छन् ।

No description available.No description available.No description available.May be an image of 4 people, including Bijaya Kumar Tamang, people sitting, people standing and outdoors​ ​

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्