पछिल्लो २४ घण्टामा थप ४४७ जनामा कोरोना संक्रमण,७ जनाको मृत्यु

धादिङ,१७ कात्तिक।
पछिल्लो २४ घण्टामा देशभर ४४७ संक्रमित थपिदा ४३९ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ६ हजार ५७७ जनाको पीसीआर गर्दा ३९५ जना र ३ हजार ३३६ जनाको एन्टिजेन परिक्षणमा ५२ गरी ४४७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मंगलबार मात्रै ४६९ संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ८ हजार ५५४ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ९३ हजार २७१ पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार १२३ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ७ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ४३४ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्