नेत्रावती डबजोङमा जारी फुटबल प्रतियोगिताको फाईनल खेल आज हुदै

नेत्रावती डबजोङ गाउँपालिका–५ कटुन्जे बजारमा जारी “प्रथम महाभिर चुली कप” फुटबल प्रतियोगिताको फाईनल खेल आज बिहान ११ बजे हुदै छ।खेलाडी राष्ट्रको गहना– खेलाडी बनाउने हाम्रो चाहाना’ भन्ने मुल नाराका साथ कटुन्जे बाराही युवा क्लबको आयोजनामा कटुन्जे बजार खेलमैदानमा जारी फुटबल प्रतियोगिताको उपाधिको लागि आज  डि.एफ.सि.धादिङ र छोईलिङ्ग युवा क्लब भिड्दै छन्।

शुक्रबार सम्पन्न पहिलो सेमिफाईनल खेलबाट डुप्चे युवा क्लबलाई ६–२ ले पराजित गर्दै डि.एफ.सि.धादिङ्ग फाईनल प्रवेश गरेको हो भने दोस्रो सेमिफाईनल खेलबाट सक्रिय युवा क्लबलाई १–० गोलले पराजित गर्दै छोईलिङ्ग युवा क्लब फाईनल प्रवेश गरेको हो ।कात्तिक १६ गतेदेखी सुरु भएको प्रतियोगितामा जिल्लाका २७ टिमको सहभागिता रहेको थियो।

प्रतियोगिताको बिजेताले नगद पचास हजार ५०५,ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपबिजेताले नगद तिस हजार ३०३, ट्रफी, मेडल र प्रमाणपत्र साथै सेमिफाईनल सम्म पुग्ने २ टिमहरुले समान नगद रु ७–७ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यसैगरि प्रतियोगिताको हरेक खेलमा म्यान अफ दि म्याचलाई मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने,उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने साथै बिजेता, उपबिजेता टिमका टिम कोचहरुलाई समेत मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने कटुन्जे बाराही युवा क्लबका अध्यक्ष नारायण शाक्यले जानकारी दिनुभयो ।  प्रतियोगिताको अनलाईन मिडिया पार्टनरहरुमा भिजन न्युज नेपाल–काठमाण्डौ, धादिङ संचार र मैनबत्ती डटकम–धादिङ तथा रेडियो पार्टनरमा निलकण्ठ एफ.एम.९८.५ मेगाहर्ज धादिङ रहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्