पछिल्लो २४ घण्टामा ३९० संक्रमित थपिए:संक्रमणका कारण पाँचको मृत्यु

पछिल्लो २४ घण्टामा ५ हजार २६ जनाको परिक्षणमा ३९० संक्रमित थपिदा ४२५ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट २ हजार ६ सय ६ जनाको पीसीआर गर्दा ३७१ जना र २ हजार ४२० जनाको एन्टिजेन परिक्षणमा १९ गरी ३९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

आईतबार मात्रै १४३ संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ९ हजार ७६५पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ९५ हजार ८२२ पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ६५४ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ५ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ४५३ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्