पछिल्लो २४ घण्टामा ५३३ संक्रमित थपिदा ४८४ संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा सोह्र हजार ७३६ जनाको परिक्षणमा ५३३ संक्रमित थपिदा ४८४ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट १४ हजार ९१८ जनाको पीसीआर गर्दा ४४३ जना र १८ सय १८ जनाको एन्टिजेन परिक्षणमा ९० गरी ५३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सोमबार मात्रै ३९० संक्रमित थपिएका थिए। योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १० हजार २९८ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ९६ हजार ३०६ पुगेको छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ६१२ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण १ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ४५४ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्