बिहिबार पनि थपिए ३१७ संक्रमित,थप २७९ संक्रमित निको भए

पछिल्लो २४ घण्टामा १२ हजार ६५३ जनाको परिक्षणमा ३१७ संक्रमित थपिदा २७९ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ९ हजार ६०९ जनाको पीसीआर गर्दा ३०१ जना र ३ हजार ४४ जनाको एन्टिजेन परिक्षणमा १६ गरी ३१७  जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।बुधबार मात्रै ४४० संक्रमित थपिएका थिए।

योसँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ११ हजार ५५ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ९७ हजार ५९ पुगेको छ।सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ५३५ रहेको छ।

सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ६ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ४६६ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्