विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५१ लाख नाघ्यो

धादिङ, २७ कात्तिक । 
 विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप सात हजारको कोरोना संक्रमणबाट मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको कुल संख्या ५१ लाख सात हजार पुगेको हो।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै रसियामा १ हजार २३५ जनाको मृत्यु भएको छ। यस्तै‚ अमेरिकामा ८७०, युक्रेनमा ७५०, ब्रजिलमा ६१२, रोमानियामा २८६, मेक्सिकोमा २५६, जर्मनीमा २२८ र भारतमा २०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

यस्तै‚ यो अवधिमा विश्वभर झण्डै ५ लाख मानिसमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा ८१ हजार ५००, जर्मनीमा ४८ हजार १००, बेलायतमा ४० हजार ३००, रसियामा ४० हजार १००, युक्रेनमा २४ हजार, टर्कीमा २३ हजार ६०० र नेदरल्याण्ड्समा १६ हजार संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा विश्वभर झण्डै ४ लाख मानिस संक्रमणमुक्त भएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्