एमाले धादिङबाट २२ प्रतिनिधि छनोट(नाम सहित)

नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनका लागि धादिङ जिल्ला कमिटीबाट प्रतिनिधि छनोट भएका छन्।एमालेको मंसिर १० गते चितवनमा हुने दशौं महाधिवेशनका लागि जिल्लाबाट २२ प्रतिनिधि छनोट भएको एमाले धादिङका प्रचार विभाग प्रमुख राधिका सापकोटाले जानकारी दिनुभयो।जिल्लाबाट महाधिबेशन प्रतिनीधि बन्न ९१ जनाले उम्मेदवारी दिएका थिए।सबै प्रतिनीधि सर्वसम्मत छनोट गरिएको सापकोटाले बताउनुभयो ।

महाधिवेशन प्रतिनिधिको रुपमा धादिङ निर्वाचन क्षेत्र नं.१ बाट 

खुल्ला तर्फ 

१. भुमि त्रिपाठी,बेनीघाट रोराङ गाउँपालिका
२. देब प्रसाद त्रिपाठी,बेनीघाट रोराङ गाउँपालिका
३. नरेश खतिवडा, गल्छी गाउँपालिका
४. दिपक खतिवडा,गजुरी गाउँपालिका
५. लक्ष्मण खतिवडा,सिद्धलेक गाउँपालिका
६. रामकुमार आचार्य,थाक्रे गाउँपालिका
७. देबराज लुईटेल,धुनिवेशी नगरपालिका 

महिला तर्फ बाट 
१. उर्मिला रेग्मी,थाक्रे गाउँपालिका
२. कमला शर्मा,सिद्धलेक गाउँपालिका 
३. राधा तिमल्सिना,गल्छी गाउँपालिका

दलित तर्फबाट 
१. रामचन्द्र मिजार,गजुरी गाउँपालिका

महाधिवेशन प्रतिनिधिको रुपमा  धादिङ निर्वाचन क्षेत्र नं. २ बाट 

खुल्ला तर्फ 

१. अर्जुन कुमार श्रेष्ठ,निलकण्ठ नगरपालिका 
२. रामप्रसाद अधिकारी,ज्वालामुखी गाउँपालिका
३. धनबहादुर घले,गंगा जमुना गाउँपालिका
४. पदमकुमार श्रेष्ठ,त्रिपुरा सुन्दरी गाउँपालिका
५. मंग तामाङ,खनियाबास गाउँपालिका
६. प्रेम तामाङ,रुविभ्याली गाउँपालिका
७. सुवर्ण रिमाल,नेत्रावती डबजोङ गाउँपालिका

महिला तर्फ बाट 
१. जानुका सिंखडा,ज्वालामुखी गाउँपालिका
२. राधिका सापकोटा,निलकण्ठ नगरपालिका 
३. शान्ता पाण्डे,त्रिपुरा सुन्दरी गाउँपालिका

दलित तर्फ बाट 
१० बेगबहादुर सुनार,निलकण्ठ नगरपालिका

२ हजार ८६० जना महिला सहित १३ हजार ७ जना पार्टी सदस्य रहेको एमाले धादिङबाट खुल्ला तर्फ १४ जना, महिला ६ जना र दलित २ जना गरी २२ जना महाधिबेशन प्रतिनीधि छनोट भएका हुन्।

नेकपा एमालेको विधानमा उल्लेख भएअनुसार विधानको धारा ६३ को उपदफा १ अनुसार योग्यता पुगेका सङ्गठित सदस्यहरूले प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गर्न पाउनेछन्।पार्टी सदस्यता भएको १० वर्ष पुगेको, महिला, जनजाति, दलित सदस्यको हकमा ७ वर्ष पुगेका व्यक्ति महाधिवेशन प्रतिनिधि हुन पाउने छन्।

एमालेले शनिबार चयन गरिएका प्रतिनिधिको विवरण यहि कात्तिक ३० गतेसम्म केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको छ। एमालेले महाधिवेशनका लागि देशभरबाट एक हजार ९९९ प्रतिनिधि चयन गर्दै छ।

एमाले महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ।विधान महाधिवेशन सकाएको एमालेले अवको महाधिवशेनमा नेतृत्व चयन गर्नेछ। पदाधिकारीसहित २२५ जनाको केन्द्रीय कमिटी र अनुशासन आयोग तथा लेखा आयोग गरी १५/१५ जना निर्वाचित हुने छन्। एमालेले यसपटकको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्