बागबच्छला मन्दिरमा दोस्रो बागबच्छला मेला हुने

धादिङको गल्छी गाउँपालिका वडा नम्बर २ मा अवस्थित बागबच्छला मन्दिरमा दोस्रो बागबच्छला मेला हुने भएको छ।हरेक बर्ष लाग्ने मेलाको अवसर पारेर कार्यक्रमको आयोजना गर्न लागिएको उज्यालो युवा समाजका अध्यक्ष हरिप्रसाद अधिकारीले बताउनुभयो।बागबच्छला मन्दिर व्यवस्थापन समितिको आयोजना,उज्यालो युवा समाज धादिङका सह-आयोजना र गल्छी गाउँपालिकाको सहयोगमा मेलाको आयोजना गर्न लागिएको हो ।

ऐतिहासिक तथा धार्मिक स्थलको प्रचार प्रसार र पर्यटन प्रबद्र्धनको लागि मेलाको आयोजना गरीएको उज्यालो युवा समाजका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।मंसिर २ र ३ गते हुने मेलामा मनोरम हिम श्रृङ्खलाहरुको अवलोकन गर्न पाईने,स्थानीय झाँकिहरुको प्रर्दशनी,मेलाको आउने भक्तजनहरुको सुरक्षाको प्रत्याभुति गरिने र मेलामा आउने भक्तजनहरुलाई प्राथमिक उपचार सेवा प्रवाह गरिने छ।

साबिकको गोगनपानी गाउँ विकास समिति वडा नम्बर २ मा रहेको बाघ बच्छला मन्दिर ऐतिहासिक महत्व बोकेको धार्मिक स्थल हो । बाघ बच्छला महादेवको मन्दिरमा पुजा आराधान गर्दा मनोकांक्षा पुरा हुने विश्वास रहेको छ। उक्त मन्दिरमा गई गाईको दाम्लो साट्ने चलन पनि रहिआएको छ ।त्यसो गर्दा गाइलाई कुनै रोग नलाग्ने र राम्रो हुने जन विश्वास रहिआएको छ।त्यस क्षेत्रको पुर्वाधार विकास तथा प्रचार प्रसारमा भने सम्बन्धीत निकायको ध्यान जान सकेको छैन। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्