त्रिपुरासुन्दरीमा बालमैत्री स्थानीय शासन घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला

धादिको त्रिपुरासुन्दरी गाउँपालिकामा १ दिने बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ।बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि  ज्ञान ,सीप तथा क्षमता अभिबृद्धिको मार्फत  घर परिवार,टोल बस्ती ,वडा हुँदै पालिकालाई नै  बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले तालिमको आयोजना गरीएको हो।तालिममा महिला तथा बालबालिका शाखा प्रमुख मिना देवकोटाले बालमैत्री पद्धति अबलम्बन गरि बाल अधिकार र शारीरिक, मानसिक, संवेगात्मक र शैक्षिक उपलब्धि केन्द्रित भएर काम गर्नुपर्ने बताउनुभयो।

शुक्रबार त्रिपुरासुन्दरी गाउँपालिकामा वडा नं ६ का जनप्रतिनिधि तथा सरोकारवालाहरुको लागि आयोजित १ दिने बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला उद्घाटनको अवसरमा देवकोटाले  सो कुरा बताउनु भएको हो । गाउँपालिकालाई बालमैत्री स्थानीय शासनको सेवाप्रवाहका ३६ र संस्थागत १५ वटा गरि ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको समेत देवकोटाले  बताउनुभयो।

वडा नं ६ का वडा सदस्य भिम बहादुर खाँडको अध्यक्षतामा भएको कार्यक्रममा  जनप्रतिनिधि तथा बालक्लबका प्रतिनिधि ,महिला स्वास्थ्य स्वयमसेबिका ,स्वास्थ्य संस्थाका प्रतिनिधि ,शिक्षक,महिला संञ्जालका प्रतिनिधिहरु सहित सरोकारवालाहरु गरि ३२ जनाको सहभागीता रहेको थियो।कार्यशालामा बालमैत्री स्थानीय शासन अबधारणा,बालमैत्री गाउँपालिकाको लागि बालबालिका सम्बन्धि निति ,कार्य विधि निर्माण,कार्यान्वयनका खुड्किला शुरु, ३६ वटा सेवाप्रवाह र १५ संस्थागत गरि ५१ वटा  सुचकहरु, सुचकहरुको सरलिकण, आचार संहिता निमार्ण, बालबालिकाहरुको बस्तुगत विवरण तयारी, लगानी योजना लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेश अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।अभिमुखिकरण कार्यशाला पछि त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ का वडाध्यक्षको  अध्यक्षतामा बालमैत्री स्थानीय शासन वडा समिति समेत गठन भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्