धादिङ काँग्रेसको सभापतिमा रामनाथ अधिकारीको उम्मेद्वारी घोषणा

नेपाली काँग्रेस धादिङको सभापतिमा पुनःरामनाथ अधिकारीले उम्मेद्वारी घोषणा गर्नुभएको छ। विगत लामो समय नेपाली काँग्रेस धादिङको नेतृत्व गर्नुभएका अधिकारीले १४ औँ महाधिवेशनमा पनि सभापतिमै  उम्मेद्वारी घोषणा गर्नुभएको हो।आज एक कार्यक्रमको आयोजना गरी रामनाथ अधिकारी पक्षले सभापति सहित क्षेत्रीय सभापतिहरुको पनि उम्मेद्वारी घोषणा गरेको हो।धादिङमा जिल्लामा भिम प्रसाद ढुंगाना र रामनाथ अधिकारी पक्ष चुनावी मैदानमा छन्।

जिल्ला सभापतिमा रामनाथ अधिकारी,प्रतिनिधिसभा क्षेत्रीय सभापतीमा क्षेत्र न.१ मा कुमारबहादुर सिंखडा र क्षेत्र न. २ मा राकेश धमलालाई अधिकारी पक्षले अधि सारेको छ । भिम प्रसाद ढुंगानाले यसअघिनै जिल्ला सभापतिमा उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ । जिल्ला अधिवेशन मंसिर १० गतेको लागि तोकिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्