नगर प्रमुख ढुंगानाद्वारा सभापति पदमा उम्मेदवारी घोषणा

नेपाली काँग्रेसको जिल्ला सभापतिमा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले उम्मेद्वारी घोषणा गर्नुभएको छ। आज पार्टी कार्यालयमा उल्लेख्य कार्यकर्ताहरुमो माझमा भव्य रुपमा ढुंगानाले उम्मेद्वारी घोषणा गर्नुभएको हो । सभापतिमा उम्मेद्वारी घोषणा कार्यक्रममा दहि खुवाएर शुभ साईत समेत गरीएको थियो।

काँग्रेस पार्टी बलियो बनाउने र आगामी स्थानिय तहमा काँग्रेसको जितको लागि पनि आफ्नो उम्मेद्वारी रहेको ढुंगानाले बताउनुभयो। करिब २५ मिनेट भाषण गर्नुभएका ढुंगानाले आफु निर्वाचित भएपछि गर्ने कामको प्रतिबद्धताहरु कार्यकर्ताहरुमाझ राख्नुभएको थियो।१३ औँ महाधिवेशनमा जिताउनुपर्ने रहेछ भनेर पश्चाताप हुनेगरी आउदो कार्यकाल कुशलताको साथ व्यतित गर्ने उद्घोष गर्नुभएको छ।

No description available.

पार्टी सभापतिमा निर्वाचित भएपछि संघ र प्रदेशको कुनै पनि टिकट नलिने  पनि उद्घोष गर्नुभएको छ।यसैगरी पार्टी संगठन विस्तार गर्ने,१ सय ४ वटै वडामा प्रशिक्षण सन्चालन गर्ने,प्रत्येक तिन–तिन महिनामा कार्य प्रगती सार्वजनिक गर्ने,भातृ संगठनहरुलाई चलायमान बनाउने,पुस्ता हस्तान्तरण गर्ने,दोस्रो पटक सभपातिमा नदो¥याउने,मुल्याकंनको आधारमा राम्रो मानिस र पार्टीमा योगदान दिएकाहरुलाई उचित जिम्मेवारी दिने,आगामी स्थानिय तहको निर्वाचनमा सबै क्षेत्र जिताउने गरी अभियान सन्चालन गर्ने र त्यसको लागि कार्ययोजना बनाउने,पार्टी भित्रको हिसाब किताव सार्वजनिक गर्ने,पार्टी कार्यलयबाटै सन्चालन गर्ने परिपाटीको विकास गर्ने र सबैलाई समान व्यावहार गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

No description available.

पार्टीको आन्तरिक निर्वाचनमा हुने गतिविधिहरु विवाहमा खलिने त्रिपास जस्तै भएको भन्दै अन्यथा कसैले लिननहुने समेत बताउनुभयो । अहिले सम्म धादिङमा काँग्रेस बलियो नभएको भन्दै उहाँले आफ्ना वरपरकालाई मात्र हेर्ने र पार्टीमा नातावाद हावि भएको कारण जनता टाढा भएको समेत ढुंगानाले बताउनुभयो ।पार्टी बलियो बनाउनको लागि आफुलाई सभापतिमा मतदान गर्नको लागि आम प्रतिनिधिहरुलाई उहाँले अपिल गर्नुभएको छ ।आफुले बोलेको कुरा पुरा नगरे आगामी पार्टीको निर्वाचनमा महासमिति सदस्यमा पनि नउठ्ने बताउनुभएको छ।

No description available.

उम्मेद्वारी घोषण कार्यक्रममा पुर्व मन्त्री तथा काँग्रेस नेता दीलमान पाख्रिन,प्रदेश सभा सांसद डा.राजाराम कार्की,काँग्रेस नेता तिलक रुवाली लगायतका नेताहरुको उपस्थिती रहेको थियो। जिल्ला सभापतिमा नीलकण्ठ नगरपालिकाका मेयर तथा काँग्रेस नेता भिम प्रसाद ढुंगाना,प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रविसुधन थापा र प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा युवा नेता दीपक कोईरालाले उम्मेदवारी घोषणा गर्नुभएको छ।

यसैगरी प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा श्याम रेग्मी र प्रदेशसभा क्षेत्र नम्बर १(ख) मा रामहरि कँडेलले उम्मेद्वारी घोषणा गर्नुभएको छ। यसैगरी प्रदेशसभा क्षेत्र नम्बर २(क) मा ऋषि कुमार श्रेष्ठ र प्रदेशसभा क्षेत्र नम्बर २(ख) मा रण बहादुुर तामाङले उम्मेद्वारी घोषणा गर्नुभएको छ।उम्मेद्वारी घोषणा कार्यक्रम हलमा कार्यकर्ता नअटाएपछि पार्टी कार्यलयको छतमा कार्यक्रम सन्चालन गरीएको थियो।

No description available.

(उम्मेद्वारी कार्यक्रममा मेयर ढुंगानाले जनाउनु भएको प्रतिबद्धताको भिडियो केहिसमयपछि यसै अनलाईनको फेसबुक पेजबाट पोष्ट गरिने छ।)सं–

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्