महाधिवेशनका सहभागिहरुको स्वागतका लागि हरेक बजारमा स्वागतद्वार 

नेकपा एमालेको चितवनमा हुने १० औँ महाधिवेशनका सहभागिहरुको स्वागतका लागि धादिङको दक्षिणी क्षेत्रमा रहेका बजारहरुमा स्वागतद्वार बनाइएको छ ।एमालेले उत्सबको रुपमा मनाउने महाधिवेशनमा धादिङको दक्षिणी क्षेत्रमा रहेका सबै बजारहरुमा स्वागतद्वार निर्माण गरिएको हो । सबै पोल र घर–घरमा एमालेको झण्डा राखिएको छ भने सूर्यध्वजाबहाक झण्डाहरुले सजाइएको छ।

नेकपा एमालेका नेताहरुले धादिङको माछा बजारको रुपमा रहेको मलेखु बजार लगायतका बजारहरुमा स्थानीय नेता तथा कार्यकर्ताहरुले स्वागत समेत गरेका छन्। धादिङको दक्षिणी क्षेत्रबाट मात्र १५ हजारभन्दा बढी एमाले समर्थकहरु चितवनमा हुने महाधिवेशन उद्घाटन समारोहमा सहभागि हुनेगरि गाउँगाउँबाट राजमार्ग क्षेत्रमा जम्मा भएको नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले बताउनुभएको छ । 

एमाले जिल्ला अध्यक्ष त्रिपाठी राजमार्ग क्षेत्रमा आउने पाहुनाहरुको स्वागत गर्नका लागि मलेखु क्षेत्रमा रहनु भएको छ भने कार्यकतारु स्वागतद्वार बनाइरहेको झण्डा राखिरहेको अवस्थामा राजमार्गमा भेटिएका छन्।एमाले कार्यकर्ताले मूख्य बजार र चोकहरुमा स्वागतद्वार ब्यानरहरु राखिएको छ भने चितवन जाने टोलीले धादिङको क्षेत्रमा कुनै समस्या भए पार्टीले सहयोग उपलब्ध गराउने जानकारी दिएको छ। पृथ्वीराजमार्गमा अन्य दिनको तुलनामा सवारीसाधनहरुको चाप समेत बढेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्