धादिङका ६ कोरोना संक्रमित निको भए

धादिङ,०९ मंसिर। 
धादिङका थप ६ कोरोना संक्रमित निको भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमित ६ पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ७० पुगेको छ भने हालसम्म निको हुनेको सङ्ख्या ८ हजार ११३ रहेको छ। संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्। हाल संक्रमित मध्ये ६ जना नै होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्