पछिल्लो २४ घण्टामा ३०८ संक्रमित थपिदा २९८ संक्रमित निको भए

धादिङ,०९ मंसिर। 
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९०९ को परिक्षणमा ३०८ संक्रमित थपिदा २९८ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ७ हजार १०४ जनाको पीसीआर गर्दा २८१ जना र १ हजार ८०५ जनाको एन्टिजेन परिक्षणमा २७ गरी ३०८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

बुधबार मात्रै ३३२ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १५ हजार ७०९ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख १ हजार ४२० पुगेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ३४९ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ३ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ५१६ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरीएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्