जिल्ला कार्यसमितिको सह–सचिवमा युवा नेता विजय कुमार पाख्रीनको उम्मेदवारी

धादिङ ९ मंसिर 
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत जिल्ला कार्यसमितिको सह सचिवमा युवा नेता बिजय कुमार पाख्रीनले उम्मेदवारी दिनुभएको छ । विद्यार्थी राजनीतिबाट नेपाली काँग्रेसको राजनीतिमा आउनुभएको पाख्रीन युवाहरु माझ लोकप्रीय हुनुहुन्छ “।सहमति ,सहकार्य र एकता आजको आवश्यकता,अग्रजहरुको सम्मान,युबाहरुलाई प्रोत्साहन,बलियो र सुदृढ काँग्रेस मेरो अभियान भन्ने अभियान” अन्तर्गत  आफुले सह–सचिव पदमा उम्मेदवारी दिएको बताउनुभउको छ।

पार्टी संगठनलाई बलियो बनाउन र आगामी निर्वाचनमा काँग्रेसलाई बिजयी गराउनको लागि जिल्ला कार्यसमितिको सह–सचिव पदमा जिताउनको लागि प्रतिनिधिहरुलाई अपिल गर्नुभएको छ ।विशेषगरी जनजातिहरुको हक हितको लागि अनवरत रुपमा काम गर्दै आउनुभएका पाख्रीन पार्टीको नीति तथा सिद्धान्तमा प्रतिबद्ध रहनुभएको छ ।

नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष समेत रहनुभएका पाख्रीन जनतामाझ भिजेर काम गर्ने जनप्रतिनिधिमा परिचित रहनुभएको छ। नेपाली काँग्रेस पार्टीलाई बलियो बनाउनको लागि गुट भन्दा माथि उठेर आफुलाई सह सचिवमा बिजयी गराउनको लागि अपिल गर्नुभएको छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत भोली १० गते जिल्ला अधिवेशन हुदैछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्