एमाले महाधिवेशनमा धादिङबाट केन्द्रीय सदस्यमा छ जनाको उम्मेदवारी 

नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा धादिङ जिल्लाबाट केन्द्रीय सदस्यमा छ जनाले दाबेदारी प्रस्तुत गर्नुभएको छ।

जिल्लाबाट प्रतिनिधित्व गर्नुभएको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा.पुष्प कंडेल,वर्तमान केन्द्रीय सदस्य तथा एमाले बागमती प्रदेश कमिटीका सचिव खेम लोहनी, एमाले धादिङका अध्यक्ष एवम् प्रतिनीधि सभा क्षेत्र नम्बर १ का सांसद भुमि त्रिपाठी, ज्वालामुखी गाउँपालिकाकी उपाध्यक्ष एवम एमाले धादिङकी नेतृ जानुका सिंखडा, संविधानसभा सदस्य तथा एमाले बागमती प्रदेस कमिटीका सदस्य धन बहादुर घले र नेपाल पर्यटन बोर्डका उपाध्यक्ष एवम् पर्यटन व्यवसायी धादिङका चन्द्र रिजालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

धादिङ जिल्लाबाट महाधिवेशनमा २२ जना प्रतिनिधि छानिएका छन् । जिल्लाले १७ हजार कार्यकर्ता चितवनमा लग्ने तयारी गरिएको एमाले धादिङले जनाएको छ।जिल्लाको सबै गाउँ तथा नगरपालिकाबाट २०० बसमा व्यानर सहित सहभागिता जनाउने जिल्ला पार्टी प्रचार विभाग प्रमुख राधिका सापकोटाले बताउनुभयो। एमालेको १० आंै महाधिवेशनमा सहभागी हुनेहरुलाई स्वागत गर्न राजमार्ग क्षेत्रका सबै बजारहरुमा स्वागत गेट बनाईएको छ।

महाधिवेशन प्रतिनिधिको रुपमा धादिङ निर्वाचन क्षेत्र नं.१ बाट
खुल्ला तर्फ 

१. भुमि त्रिपाठी,बेनीघाट रोराङ गाउँपालिका
२. देब प्रसाद त्रिपाठी,बेनीघाट रोराङ गाउँपालिका
३. नरेश खतिवडा, गल्छी गाउँपालिका
४. दिपक खतिवडा,गजुरी गाउँपालिका
५. लक्ष्मण खतिवडा,सिद्धलेक गाउँपालिका
६. रामकुमार आचार्य,थाक्रे गाउँपालिका
७. देबराज लुईटेल,धुनिवेशी नगरपालिका 
महिला तर्फ बाट 
१. उर्मिला रेग्मी,थाक्रे गाउँपालिका
२. कमला शर्मा,सिद्धलेक गाउँपालिका 
३. राधा तिमल्सिना,गल्छी गाउँपालिका
दलित तर्फबाट 
१. रामचन्द्र मिजार,गजुरी गाउँपालिका
महाधिवेशन प्रतिनिधिको रुपमा  धादिङ निर्वाचन क्षेत्र नं. २ बाट 
खुल्ला तर्फ
 
१. अर्जुन कुमार श्रेष्ठ,निलकण्ठ नगरपालिका 
२. रामप्रसाद अधिकारी,ज्वालामुखी गाउँपालिका
३. धनबहादुर घले,गंगा जमुना गाउँपालिका
४. पदमकुमार श्रेष्ठ,त्रिपुरा सुन्दरी गाउँपालिका
५. मंग तामाङ,खनियाबास गाउँपालिका
६. प्रेम तामाङ,रुविभ्याली गाउँपालिका
७. सुवर्ण रिमाल,नेत्रावती डबजोङ गाउँपालिका
महिला तर्फ बाट 
१. जानुका सिंखडा,ज्वालामुखी गाउँपालिका
२. राधिका सापकोटा,निलकण्ठ नगरपालिका 
३. शान्ता पाण्डे,त्रिपुरा सुन्दरी गाउँपालिका
दलित तर्फ बाट 
१० बेगबहादुर सुनार,निलकण्ठ नगरपालिका

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्